४८ लाख रुपैयाँ बराबारको स्वास्थ्य सामग्री सहयोग

 

कर्णाली । कर्णाली प्रदेश सरकारलाई बालबालिकाका क्षेत्रमा कामगर्दै आएको अन्तर्राष्ट्रिय गैरसकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले ४८ लाख रुपैयाँ बराबारको स्वास्थ्य सामग्री सहयोग गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई शुक्रबार सो संस्थाका प्रदेश कार्यक्रम प्रमुख अरुणकान्त पौडेलले एक हजार ३०० पिपिई सेट, एक हजार ७५० भिटिएम, ६ हजार सर्जिकल मास्क लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री शाहीले सङ्कटको समयमा सबैको सहयोगको खाँचो रहेको बताए । उनले भने, “कोभिड नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो छ ।

विपद्सँग सामना गर्न र मानवीय जीवन सुरक्षाका लागि सबैको साझा भूमिका आवश्यक छ ।” कोरोनाका उच्च जोखिम मानिएका दैलेख, कालिकोट, जाजरकोट, र सुर्खेतलाई ती सामग्री प्रदान गरिने बताइएको छ ।

You might also like

Comments are closed.