‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला’ जेठ १७ बाट, ९ वटा कम्पनी सहभागी हुने

ललितपुर । ललितपुरस्थित जाउलाखेल खेलमैदानमा ‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ हुने भएको छ । नेपालका चर्चित ९ वा ब्राण्डहरुको आयोजना तथा सहभागितामा जेठ १७ बाट मेला सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा गोल्डस्टार, रोयल सुज, वि.एफ डियरहिल र वि.एफ स्पोर्टस, क्रस रोड, फस्टवाक, सिल, हाइलाइफ, केटिएम, डि.जे. ब्राण्डका सहभागिता रहनेछ । स्वदेशी ब्राण्डलाई प्रवद्र्धन गर्ने मुख्य लक्ष्यसहित मेला आयोजना गरिएको आयोजक मध्यका एक होमनाथ उपाध्यायले जानकारी दिए । एक महिनासम्म आयोजना हुने मेलाबाट उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुने आयोजकको विश्वास छ । मेलामा ५० प्रतिशतसम्मको छुट उपलब्ध हुने बताइएको छ ।

मेला बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । ३ हजार भन्दा बढी मोडलका जुत्ताचप्पलहरु मेलामा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो आवश्यकता अनुसारको र बजेट अनुसारको जुत्ता चप्पल विशेष छुटमा खरिद गर्न सक्ने मेला संयोजक दिवाकर गिरीले बताए । ‘नयाँ उत्पादनहरु पनि मेलामा सार्वजनिक गरिनेछ,’ उनले भने । मेलामा ३ लाख अवलोकनकर्ताको उपस्थिति रहने ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

jutta mela

मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

You might also like

Comments are closed.