लगानीकर्ताहरु ज्ञापनपत्र बुझाउन धितोपत्र बोर्ड र ब्रोकर एशोशियसन जाने

माग पुरा नभए टिएमएस बन्द गरेर आन्दोलनमा उत्रने

काठमाडाैं । लगानीकर्ताहरु ज्ञापनपत्र बुझाउन धितोपत्र बोर्ड र ब्रोकर एशोशियसन जाने भएका छन्।सरकारले पूँजीगत लाभकरको करका दरमा हेरफेर गरेपछि ज्ञापनपत्र बुझाउन लगानीकर्ता धितोपत्र बोर्ड र ब्रोकर एशोशियसन जाने भएका हुन् ।

बिहीबारदेखि अन्दोलनमा उत्रिएका शेयर लगानीकर्ताहरुले माग पुरा नभएसम्म टिएमएस बन्द गरेर आन्दोलनमा उत्रन आग्रह गरेका छन्।

लगानीकर्ताहरुले सरकारले पूँजीगत लाभकरको करका दरमा हेरफेर गरेपछि आन्दोलनको घोषणा गरेका हुन। सोहि क्रममा बिहीबार लगानीकर्ताहरुले ब्रोकर एशोशियसनलाई समेत ज्ञापन पत्र बुझाएर टिएमएस बन्द गरी आन्दोलनमा उत्रन आग्रह गर्ने भएका हुन्।

सयौका सँख्यामा रहेका लगानीकर्ता भने नेप्से घेराउको लागि जाने भएका छन्। सबै लगानीकर्ताहरु नेप्से घेराउको लागि जाने र आफ्नो माग सम्बोधन गराउन दबाव दिने भएका हुन।

यस्तै केहि लगानीकर्ता ज्ञापत्र पत्र बुझाउन धितोपत्र बोर्ड समेत पुगेका छन्। उनीहरुले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको लागि कायम गरिएको ५ प्रतिशत र साढे ७ प्रतिशत करलाई नै अन्तिम कर मान्नुपर्ने लगायतका मागहरु राखेका छन्।

 

You might also like

Comments are closed.