सिप्रदीयन सहायता संस्थाद्वारा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेताहरुलाई सम्मान

काठमाडौं । सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दल बहादुर कुँवरलाई  नगद पुरस्कारले सम्मान गरेको छ ।

उनिहरुलाई तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ महिला प्रथमतर्फ र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा सम्मान गरेको हो ।

सिप्रदी कम्पनी को सामाजिक उत्तरदायित्तव संस्था सिप्रदीयन सहायता संस्थाल सम्मान स्वरुप नगद पुरस्कार हस्तानतरण गरेको छ ।
म्याराथनमा महिलातपÞर्m प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई रु ७५ हजार प्रदान गरिएको छ । त्यस्तै पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएका दल बहादुर कुँवरलाई रु ५०,हजार प्रदान गरिएको छ ।

jutta mela

सम्मान कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहल, उपाध्यक्ष श्री राजन बावु श्रेष्ठ, महासचिव राजेश प्रसाद गिरी र कोषाध्यक्ष सौरभ राज थापालियाले विजेताहरुलाई बधाई दिदै नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरु आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ । अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरि प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ ।

 

You might also like

Comments are closed.