२ अर्ब लगानीमा काठमाडौँको कमलादीमा स्काइ वाक टावर सन्चालनमा

काठमाडौँ। काठमाडौंको मुटुमै रहेको कमलादीमा साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार स्काई वाक टावर शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

७८।५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिन्छ । सिसामाथि हिँड्ने साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो ।

२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको वन्डर्स ग्रुप प्रा।लि।का अध्यक्ष आकर्षण पोखरेलले जानकारी दिए ।

टावरको २५ औं तला साहसिक तला हो। साहसिक खेल खेल्न रुचाउनेहरूलाई थप मज्जा यस स्काई वाकले दिनेछ । स्काइ वाकमार्फत हेर्दा रानीपोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । एयरपोर्टमा जहाज उडाएको तथा जहाज ल्याण्ड गरेको दृश्यावलोकन समेत  सुन्दर देखिन्छ । करिब आधा घन्टासम्म त्यहाँ रहेर काठमाडौं उपत्यका, धरहरा लगायतको सुन्दर एवम् रोमाञ्चक दृश्यावलोकन गर्न सकिन्छ ।

झण्डै एक रोपनी क्षेत्रफलमा स्काइ वाक फैलिएको छ । एकैपटक ५ सय मान्छे अट्नेछन् ।टावरमा हिँड्नका लागि प्रयोग गरिएको सिसा ब्रिटिस स्ट्याण्डर्डको प्रयोग गरिएको पोख्रेलले जानकारी दिए । उच्च गुणस्तरको यस सिसामा हिँड्न सुरक्षित रहेको उनको भनाइ छ ।

टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ । जहाँ एकैपटक तीन सय मानिसले सेवा लिन सक्नेछन् ।

स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ ।  शुक्रबार र शनिबार सांगीतिक कार्यक्रम गरिने छ । कम्पाउण्डमा भएको रेस्टुरेन्ट र एम्पिथिएटरमा जान शुल्क लाग्दैन ।

यस टावरमा केही समयमा नै बञ्जी, स्विङ जस्ता अन्य साहसिक खेलहरू राख्ने तयारीमा हामी रहेका छौं ।

परियोजनाको परिकल्पना र लगानी

jutta mela

जापानमा इन्जिनियरिङ अध्ययनपछि हालको वन्डर्स ग्रुप प्रा।लि। का अध्यक्ष आकर्षण पोखरेलले नेपालमा स्काइ वाक बनाउने सोच बनाएर नेपाल फर्की परियोजनाको काम अगाडि बढाइएको थियो ।

कम्पनीको बोर्ड अफ डाइरेक्टरमा अध्यक्ष पोखरेल सहित , तेजबहादुर सिंह, खेमराज न्यौपाने, पदम न्यौपाने, आशुतोष विक्रम सिंह र सोहन श्रेष्ठ रहेका छन् । यसबाहेक अन्य करिब ५ दर्जन ब्यक्तिले परियोजनामा लगानी गरेका छन् । १३ रोपनी २ आना जग्गामा फैलिएको परियोजनाको कुल लागत २ अर्व रहेको छ ।

स्काइ वाकको डिजाइन डिजाइन रिपल कम्पनी र त्यहाँका इन्जिनियर किरण आचार्य र क्ले कन्सल्टेन्सीका जियोटेक इन्जिनियर उदायराज न्यौपानेले गरेका हुन् ।

वि।सं। २०७६ मंसिरमा नै शिलान्यास गरिएको यस परियोजना करिब २ वर्षभित्रैमा सम्पन्न गर्ने लक्ष्य लिएका थियौं । तर विश्व समुदायलाई नै आक्रान्त पार्नेगरि फैलिएको कोभिड १९ को महामारीले हामीलाई पनि प्रभावित पार्यो ।

यस ग्रुपले इलामको कन्याममा यसअघि नै स्काइ वाक चलाइसकेको छ भने धनकुटाको भेडेटारमा नयाँ स्काइ वाक बनाउने तयारी भइरहेको छ । यस्तै लुक्लादेखि चेदिङसम्म ५ किलोमिटरको दूरीमा केवलकार सञ्ञ्चालन गर्न समेत यो ग्रुपले डिपिआर गरिरहेको छ ।

कति लाग्छ शुल्क

स्काइ टावरमा जानका लागि प्रतिव्यक्ति एक हजार शुल्क तिर्नुपर्छ । स्काइ वाक भएको २५ औं तलामा भन्दा माथी जान हार्नेस लगायत सेफ्टी इक्युपमेन्टको आवस्यकता पर्दछ जसको थप हजार रुपैयाँ शुल्क लाग्छ ।

टावरमा प्रवेश गर्नका लागि ८० वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फिट उचाइसम्मको बच्चालाई शुल्क लाग्दैन । ७० देखि ८० वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट रहेको छ ।

उपत्यकाको केन्द्रमा रहेको छ स्काइ वाक । यहाँ पुग्न उपत्यकाको हरेक स्थानबाट करिब ३० रुपैयाँसम्म भाडा तिरेर सार्वजनिक यातायातमा सहजै पुग्न सकिन्छ ।

स्काइ वाक शुरूवाती दिनमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.