नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निःसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञको वृहत सम्मेलन

काठमाडौं । महिलाहरुमा पाठेघरको समस्या दिनानुदिन बढ्दै गईरहेको अवस्थामा जनसमुदायमा चेतना अभिवृद्धि गर्न ल्याप्रोस्कोपी सेन्टर नेपाल प्रा. लि.को आयोजना एवं पिबि नेपाल प्रा.लि., होप र्फटिलिटी सेन्टर एवं ब्लुक्रस हस्पिटलको सहकार्यमा नेपालमै पहिलो पटक बृहत् स्वास्थ्य सम्बन्धि जानकारीमूलक सन्देश सहित नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निःसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन ‘1st International Project Pelvis Conference Nepal’ सम्पन्न भएको छ ।

शनिवार काठमाडौंमा सम्पन्न सम्मेलनमा भारतका प्रख्यात स्त्रीरोग एवं आई.भि.एफ. विशेषज्ञहरु डा. जय मेहता, डा. राजेश करोडिया, डा. जतीन शाह, डा. संकेत पिसत, डा. सचिन दलाल र डा. अल्का कृपलानीले विभिन्न शीर्षकमा बोल्दै कसरी यस समस्यालाई न्यूनिकरण गर्न सकिन्छ भनेर आफ्नो अनुभव प्रस्तुत गरेका थिए । नेपालका प्रख्यात स्त्रीरोग, निःसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरु डा. रंगिना लाईकंगबम र डा. स्वस्ती शर्माले नेपालमा स्त्रीरोग तथा प्रसूती रोगको अवस्था र विना चिरफार गरिने उपचार पद्धती अर्थात् ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपीको फाईदाहरु सम्बन्धि विस्तृत छलफल गरेका थिए ।

नेपालका २०० भन्दा बढी प्रख्यात स्त्रीरोग, निसन्तान तथा प्रसुति चिकित्सकहरुको उल्लेखिय उपस्थिति रहेको यस सम्मेलनले थप नयाँ कुरा सिक्न अवसर प्रदान गरेको छ भन्ने विश्वास राखिएको छ । साथै, २५ भन्दा बढी विभिन्न कम्पनीका स्टल सहितको उल्लेखनीय सहभागीताले भविष्यमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन थप ऊर्जा मिलेको बताइएको छ ।

lcci
You might also like

Comments are closed.