काठमाडौं । काठमाडौं उपत्यका भित्रिने सवारी साधनबाट निस्कने धुलोका कारण भइरहेको प्रदूषण नियन्त्रणका लागि उपत्यका छिर्ने नाकाहरुमा काठमाडौं महानगरपालिकाले एकीकृत व्यवस्थापनका लागि चारवटै नाकामा ‘भेइकल क्लिनिङ सेन्टर’ स्थापना गर्ने भएको छ ।
कामपाले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रममा यस विषयलाई समटेको हो । अन्य स्थानीय तहसँग समन्वय गरी आधुनिक भेइकल क्लिनिङ सेन्टर निर्माण गरी आर्थिक वर्ष २०७८/२०७९ मा नै आरम्भ गर्ने नीति कार्यक्रममा उल्लेख छ ।
उक्त सेन्टर स्थापनाको लागि काठमाडौं उपत्यकामा उत्सर्जन हुने फोहरमैलाको एकीकृत व्यवस्थापनका लागि कामपाको नेतृत्वमा उपत्यकाका स्थानीय तहहरू समेतको सहभागितामा सार्वजनिक निजी–साझेदारीअन्तर्गत निजी क्षेत्रसँग सहकार्य हुनेछ ।
कामपाले चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिक झोलाको प्रयोगलाई प्रतिस्थापन गर्न कपडा, जुट वा कागजको झोला उत्पादन, बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने पनि कामपाले नीति लिएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
Comments are closed.