नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति

मधुकर अधिकारी
वासिङ्टन डिसी । तपाईकोे बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन् रु त्यसले कतै तपाईको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि रु अर्थात् चिकित्सकको भाषामा ‘पोष्ट ट्रमाटिक स्टे«स डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानव जीवनमा आजीवन समस्याको रुपमा रहन पनि सक्छ ।

वास्तवमा मानव जीवनमा आईपर्ने यस्ता अनेकन विस्मृतिलाई मस्तिष्कमा भण्डारण गरेर राख्ने सुक्ष्म कोषिकाहरु र त्यसअनुसारको निर्मित प्रोटिनहरुले मस्तिष्कलाई क्रियाशील वनाउनका लागि कसरी काम गरिरहेको छ रु त्यो आममानिसहरुको लागि चासो हुने कुरा पनि भएन । अझ मानिसको मस्तिष्कमा रहेका सुक्ष्म कोषिकाहरुले प्रोटिनको ‘सिन्थेसिस’ संयन्त्रमा भावनात्मक रुपले कसरी प्रतिक्रिया दिन प्रेरित गरिरहेको हुन्छ भन्ने विषय झन जटिल हो ।
नेपालबाट अमेरिका आएर बिसौँ वर्ष न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा। प्रेरणा श्रेष्ठ भने यही विषयलाई नै आफ्नो अध्ययनको प्रमुख विषय बनाएकीछिन् । सोही विषयको प्राथमिकताले उनले अहिले लोभलाग्दो सफलता हासिल गर्दे अगाडि बढीरहेकीछिन् ।

अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् आजको विनिमय दरमा रु २९ करोड २५ लाख बरावरको रकम उपलब्ध गराउने भएको छ ।

अनुसन्धानको लागि उपलब्ध हुने २२ लाख डलरको अनुदान पश्चात कुराकानीमा प्रतिक्रिया दिदै श्रेष्ठले भनिन् – यो मेरो कामको लागि पुरस्कार जत्तिकै महत्वपूर्ण हो । श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार ९जसलाई मस्कुलर विधि पनि भनिन्छ,० उनको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरी अध्ययन गर्नेछ । आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउँछिन् ।

अमेरिकी सरकारले नागरिकहरुको स्वास्थ्यको महत्वपूर्ण हिस्सा मानिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार ३ दशमलव ६ प्रतिशत वयस्कमा जीवनकालमा भएका कुनै घटना, दुर्घटनाका कारणले दीर्घकालीन रुपमा मनोवैज्ञानिक सन्त्रासको जीवन बिताउन वाध्य भएका छन् । यसैले यसलाई वैज्ञानिक तरिकाले कसरी अनुसन्धान गरेर दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य सबल वनाउन सकिन्छ भनेर नेशनल इष्टिच्युट अफ मेन्टल हेल्थले विभिन्न कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । सरकारी निकायको रुपमा रहेको यसले मानव मस्तिष्कमा भावनात्मक उत्तेजनाले पार्ने असरलाई न्यूनिकरण गर्दै मानसिक स्वास्थ्यलाई जटिल बन्न नदिने लगायत उद्देश्य अनुरुप काम गर्दै आएको छ । श्रेष्ठले दिएको जानकारी अनुसार उनको अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित हुनेछ ।
उनी भन्छिन् “हामीले अनुसन्धान गर्ने मुख्य दुई पक्ष एक, गम्भीर दुर्घटनाले व्यक्तिगत रुपमा पार्ने असर र उनीहरुले यसलाई स्वत ः दिने प्रतिक्रिया । यसरी दुई कुरामा केन्द्रित हुनुको कारण उक्त दुर्घटनापछि मानिसलाई जीवन पर्यन्त मनोवैज्ञानिक सन्त्रासमा राख्न यसले बल पुु¥याइरहेको हुन्छ भन्ने तथ्यमा आधारित छ । हामीहरुको अनुसन्धान टिमले मनोवैज्ञानिक सन्त्रासमा परेका मानिसको मस्तिष्कमा स्मरण गराईराख्न कोषिकाले कसरी निर्देशित गराइरहेका हुन्छन् भन्ने विषयलाई अध्ययन गर्नु र पर्याप्त सूचना सङ्कलन गर्नु हुनेछ – उनले थपिन् – यो अनुदानबाट हाम्रो अनुसन्धानले केही खोजलाई उजागर गर्नेछ ।

प्रेरणा श्रेष्ठको अमेरिकाको आगमन रमाइलो छ । सन् १९९९ मा उनलाई अमेरिकामा आउने वा कुनै देशमा एमबिबिएस अध्ययन गर्न जाने । त्यसैबेला उनी अमेरिकामा पूर्ण छात्रवृत्तिमा बायोकेमेष्ट्री अध्ययनको लागि आएकी हुन् । अमेरिकामा मेडिकल कलेजमा भर्ना हुन चारवर्षको कोर्ष आवश्यक पर्ने भएकाले मेडिकल स्कुलको लागि पूर्वतयारी कक्षामा सामेल भएकी थिइन् । अमेरिका आएपछि सन् २००२ को ग्रीष्मयाममा उनले वैज्ञानिक अनुसन्धानको लागि हार्डवर्ड युनिभर्सिटीको सेल वायोलोजी ल्यावमा दिएको परीक्षामा सफलता हात पारेपछि उनलाई अनुसन्धानमा झनै बढी रुचि भयो । त्यसपछि उनले आफूले सिकेको विषय र मानव मष्तिष्कका बारेमा थप ज्ञान हासिल गर्न विद्यावारिधि कार्यक्रममा सामेल भइन् ।

न्यूरो साइन्समा दुई दशकदेखि काम गर्दे आएकी श्रेष्ठ आफ्नो जीवनलाई निर्णायक मोडमा पु¥याउने काम भने हार्डवर्ड युनिभर्सिटीले दिएको रिसर्च फेलोको रुपमा ल्याबमा दिएको अवसरलाई मान्छिन् । उक्त ल्याबमा उनले मानव मस्तिष्कको विषयमा महत्वपूर्ण अनुसन्धान गर्न पाइन, सोही अनुसन्धान सकिएपछि उनलाई मानवको विषयमा थप अध्ययन गर्ने मार्ग पहिल्याउने सफलता प्राप्त भयो । निरन्तरको अध्ययन र अनुसन्धानपछि सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट लाइफ साइन्समा विद्यावारिधि गरिन् ।

मानव मस्तिष्कका बहुआयामकी पाटोलाई केलाउने क्रममा आफूले महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको उनको भनाई छ । हाल स्टोनी बु्रक युनिभर्सिटीमा सहप्राध्यापकका रुपमा काम गर्दै आएकी श्रेष्ठले तीनवर्ष अगाडि श्रेष्ठ ल्याब भनेर अनुसन्धान केन्द्र स्थापना गरेकी छन् । दश जनाको टोलीले उक्त प्रयोगशालालाई सञ्चालन गरेको छ । नेपालको आदर्श विद्या मन्दिरबाट विद्यालय शिक्षा अध्ययन र बुढानीलकण्ठबाट ‘ओ’ र ‘ए’ लेभलको अध्ययन पूरा गरेकी श्रेष्ठले अमेरिका आएर १२ वर्षको अनवरत अध्ययन अनुसन्धान पश्चात् विद्यावारिधि उपाधि हासिल गर्न सफल भएकीछिन् ।
आफ्नो सफलताको कथा भन्ने क्रममा श्रेष्ठले मानव भएर केवल व्यक्तिगत फाइदाको विषयमा मात्र केन्द्रित हुन नहुने भएकाले त्यसलाई अझै विस्तार गर्न योगदान गर्नुपर्ने धारणा राख्छिन् । काठमाण्डौँको कमलादीमा जन्मिएकी श्रेष्ठ मानव शरीरको जटिल मानिने मस्तिष्क विज्ञानसँग जोडिनु बुबा र आमाको देन पनि रहेको बताउँछिन् । मेरो पिताजी मङ्गलमोहन श्रेष्ठ र आमा मैया श्रेष्ठले मेमोरी कन्र्सन भनेर खोलेको फोटो स्टुडियो र मेरो मानव मेमोरीमा काम गर्ने रोडम्यापले कतै न कतै समन्वय गरेको छ की भन्ने अनुभूतिमा ममापनि हुन्छ – मस्तिष्क विज्ञानलाई रुचिको विषय बनाइएको बारेमा उनको टिप्पणी रहेको थियो ।

सन् २०१५ को नेपालको भूकम्प र २०१९ कोरोना महामारीका कारण कतिपय मानिसमा मानसिक स्वास्थ्यमा असर परेको हुनसक्ने भन्दै श्रेष्ठले मैले हासिल गरेको अनुभव र सीपलाई नेपाली भूमिमा साटासाट गर्न म सदैव तयार रहेको बताइन् । उनले नेपालमा पनि सरकारी निकायबाट अध्ययन अनुसन्धान, विज्ञानको क्षेत्रलाई महत्वमा राखेर कुनै न कुनै तरिकाले प्रोत्साहन दिन सक्नुपर्छ । “स्रोत र साधनको परिचालनलाई विविधीकरण गर्न गाह्रो पर्ने नेपालजस्ता देशमा वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्न सकिन्छ” उनले भनिन् ।
भावी पिढीँलाई सुझाव दिदै श्रेष्ठले कुनैपनि वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्न सकिन्छ । रासस

 

You might also like

Comments are closed.