काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले वाणिज्य, आपूूर्ति तथा उपभोक्ता र महिला समितिलाई पूर्णता दिएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले वाणिज्य, आपूर्ति तथा उपभोक्ता समिति र महिला समितिलाई पूर्णता दिएका हुन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता समितिका सभापतिमा संघका कार्यसमिति सदस्य एवं नेपाल वितरक संघका उपाध्यक्ष प्रेमहरी मैनाली र सहसभापतिमा नविन लुईटेल छन् ।
समितिको सदस्यमा टंकप्रसाद शेरचन, हरिप्रसाद पाण्डे, मिलन घिमिरे, भिमप्रसाद शर्मा, जयराम सापकोटा, कृष्णप्रसाद पराजुली, भोजप्रसाद फुयाँल (उमेश), धु्रवप्रसाद अधिकारी, पुष्पराज सापकोटा, त्रिलोक श्रेष्ठ, अच्युत उप्रेति, सुरेन्द्रराज सुवेदी रहेका छन् ।
यसैगरी संघले मिना गोपालीको सभापतित्वमा गठन गरिएको महिला समितिलाई पूर्णता दिइएको छ । समितिको सहसभापतिमा कविता मानन्धर, सदस्यहरुमा सिता पराजुली, उमा खड्का पाठक, बिमला श्रेष्ठ, समुन्द्र परियार, मीना क्षेत्री, राजमति महर्जन, कृष्ण प्रभा जोशी, कृष्णादेवी महर्जन, शान्ति श्रेष्ठ, इन्दिरा दाहाल गौतम, विना राना मगर, राधा लामा, यशोदा थापा मगर, सुनिता महर्जन, नेहा विदुक्षे रहेको संघका महासचिव दुुर्गाराज श्रेष्ठले जानकारी दिए ।
Comments are closed.