इस्कोन नेपालको भक्तिउत्सव कार्यक्रम विराटनगरमा

बिराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभाबनामृत संघ (इस्कोन) को भक्तिउत्सव उद्घाटन कार्यक्रम मोरङको विराटनगरस्थित अतिथि सदनमा भएको छ ।

माघ १८ देखि २१ गतेसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटनका अवसरमा इस्कोन नेपालका अध्यक्ष परमेश्वर अच्युत दासले आध्यात्मिक जागरणले युवाहरुको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताए ।

विराटनगर सहायता प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले कार्यक्रमले युवाहरुमा नैतिकता, सदाचार, इमान्दारिताका साथै सत्मार्गमा हिड्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेस सुरानाले विराटनगरमा इस्कोनको मन्दिर निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मोरङ जिल्लाका डि.एस.पी राजन दाहाल, मोरङका जिल्ला समन्वय अधिकारी गिरिराज भट्टराई पराजुली, अतिथि सदनका उपाध्यक्ष सुधीरकुमार अग्रवालले आफ्नो धारणा राखेका थिए । उद्घाटन कार्यक्रमको अवसरमा नेपालका विभिन्न शाखाहरुबाट करिब ६०० जनाको सहभागीता रहेको आयोजकले बताएको छ ।

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गरेको अन्तर्राष्ट्रियस संस्था हो । मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु नै संस्थाको मुख्य उद्धेश्य रहेको छ ।

संसारभरिका १२ सय ठूला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौँ भक्तजन इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्णभावनाको प्रसार–प्रचार गरिरहेका छन् । ईमपावरिङ दि युथ अर्थात् युवा सशक्तिकरण सम्बान्धी कार्यक्रमा सेमिनार, संस्कृति, नगर हरिनाम संकिर्तनका साथै झाँकी प्रस्तुत गरिने जनाइएको छ ।

You might also like

Comments are closed.