
काठमाडौं । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डप काठमाडौंमा प्रदर्शनी भइरहेको छ । निर्माण सामग्रीलाई नेपाली बजारमा बढावा दिदै नवीनतम् निर्माण प्रविधि र उत्पादनहरु प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको रुपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी चलिरहेको छ ।
प्रदर्शनीको मुख्य आकर्षणको रुपमा एच.आर गोयल ग्रुपको विटुमिन स्टल नं ०–०२३ रहेको छ । प्रदर्शनीमा राखिएको स्टलमा विटुमिनका साथै सडक निर्माण कार्यको लागि आवश्यक केमिकलहरु, माईक्रो सिलिका, MYK Arment का उत्पादनहरु, वाटर प्रुफिङ केमिकलहरु आदि राखिएका छन् ।
बलियो र बर्षौसम्म टिक्ने सडक पिच गर्ने कार्यमा प्रयोग गरिने विश्वस्तरीय गुणस्तर भएको VG 10 तथा VG 30 क्वालिटीको डल्फिन ब्राण्डको विटुमिन नेपालमा एच.आर. गोयल ग्रुप अन्तर्गतको अरविन्द इम्पोरियम प्रा.लि.ले मात्र आयात गरी नेपालका विभिन्न स्थान र क्षेत्रहरुमा निर्माणाधिन कालोपत्रे गर्ने सडकका लागि अति आवश्यक पर्ने विटुमिनको आपुर्ती तथा बजारीकरण गर्दै आइरहेको छ ।
डल्फिन ब्राण्डको विटुमिन नेपालमा अरविन्द इम्पोरियम प्रा.लि.ले आयात र विक्रि वितरण गर्दा आफ्नै अत्याधुनिक प्रयोगशालाबाट गुणस्तर परीक्षण गरी उच्च गुणस्तरको विटुमिन मात्र विक्रि वितरण गर्दै आइरहेको छ । विटुमिनका साथै एच.आर. गोयल ग्रुपले निर्माण कार्यमा प्रयोग हुने MYK Arment का विभिन्न उत्पादनहरु समेतको आधिकारीक बिक्रेता रही नेपाली बजारमा विक्रि वितरण गर्दै आइरहेको छ ।

MYK Arment का उत्पादनहरु जसले विभिन्न ठूला निर्माण परियोजनामा संरचनाको आवश्यकता अनुसार High Grade concrete बनाउन, वाटर प्रुफिङ र ग्राउटिङ तथा सिमेन्टलाई छिटो सेट गराउनका लागि प्रयोग हुदै आइरहेको छ । स्टल नं ०–०२३ मा भिजिट गरी सामानको बारेमा जानकारी लिन, अर्डर तथा बुकिङ गर्न सकिनेछ । डल्फिन विटुमिनको डिपो नेपालका प्रमुख शहरहरु विराटनगर, वीरगञ्ज, भैरहवा तथा नेपालगञ्जमा रहेका छन् ।

विटुमिनको गुणस्तर परीक्षण गर्न चाहने उपभोक्ता, ग्राहकको लागि अरविन्द इम्पोरियम प्रा.लि.ले निःशुल्क ल्याव परीक्षण गर्ने सुविधा समेत छ भने विज्ञ प्राविधिक मार्फत निःशुल्क रुपमा After Sales Service सेवा समेत उपलव्ध भइरहेको जनाइएको छ । यही माघ १८ गतेदेखि सुरु भएको प्रदर्शनी आउँदो २१ गतेसम्म चल्नेछ ।






Comments are closed.