के तपाईँले जीहो एई६ प्लसको टेस्ट राइड गर्नुभयो ?

काठमाडौं । नेपाली दुई पाङ्ग्रे ईभी बजारमा छोटो समयमा आफ्ना अदभूत विशेषता र उच्चतम क्षमताको कारण जीहो ब्रान्डका दुई पाङ्ग्रे स्कुटर युवायुवती बीच निकै नै लोकप्रिय रहेको छ ।

उक्त ब्रान्डका स्कुटर नेपालमा रिलाइन्स ग्रुपअन्तर्गत रिसि ट्रेड सेन्टरले बिक्री गर्दै आएको छ । कम्पनीले नेपाली बजारमा जीहोको एई८ मोडल मार्फत आफ्नो बजार विस्तार गरेको थियो ।

साथै उक्त कम्पनी नेपालको लागि सीएफ मोटोको समेत आधिकारिक वितरक पनि हो । जीहो एई८ मोडल नेपालको भूगोलको लागि सुहाउँदो, उच्चस्तरीय प्रविधि तथा आधुनिक विशेषताले भरिपूर्ण छ ।

जीहो एई८ मा ५ किलोवाटको जेड कोर मिड ड्राइभ लिक्विड–कूलिङ मोटरद्वारा संचालित छ । यसले १२.५ किलोवाटको पावर र २१८ एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । यसले १०० किलोमिटर प्रतिघण्टाको गति लिने कम्पनीले दावी गरिएको छ । सो बाइकले २.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिने पनि दाबी गरिएको छ ।

उक्त स्कुटरको पावर आजको मितिमा ग्राहकले बजारमा उपलब्ध २५० सीसी बराबरको पेट्रोल बाइक सँग गर्न सकिन्छ । एई८ चार्ज गर्न एकदमै सजिलो र सहज छ । यसलाई ४ घण्टामा फूल चार्ज तथा २ घण्टामा ७० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा पोर्टेबल लिथियम आयन ब्लेड कम्प्याक्ट ब्याट्री दिइएको छ, जुन नेपालमै यस ब्राण्डको एई८मा मात्र उपलब्ध रहेको छ । सो ब्याट्री बढी तातिएर कुनै भौतिक हानी नहुने कम्पनीको दावी रहेको छ ।

कम्पनीले जीहो कै अर्काे अर्बान मोविलिटीको निर्मित आफ्नो एई६ प्लस मोडल नेपाली बजारमा ल्याएको छ । व्यस्त जीवन र महँगीएको आजको समयमा यात्राको उही मजा लिई नयाँ प्रविधिमा ग्राहकलाई उच्चतम प्रतिफल दिने उद्देश्यले जीहोले आफ्नो उक्त मोडल नेपाली बजारमा प्रस्तुत गरेको देखिन्छ ।

जीहो एई६ प्लसमा २.५ किलोवाट साइड माउन्टेड मोटरद्वारा संचालित छ । यसले ५.५ किलोवाटको अधिकतम पावर र १६० एनएमको टर्क उत्पनन गर्छ । यसको टप स्पिड ८० किलोमिटर प्रति घण्टा छ । सो बाइक ४.६ सेकेन्डमा ० देखि ५० किलोमिटर प्रति घण्टाको गति लिन्छ । सो बाइक फुल चार्जमा ७० देखि ९० किलोमिटर रेन्ज प्रदान गर्छ ।

एई६ प्लसको ह्विलवेस १२६० एमएम, सिटहाइट ७३५ एमएम, ग्राउण्ड क्लियरेन्स १३० एमएम, ह्विल पावर १६० एनएम र बाइकको तौल ९६ किलोग्राम रहेको छ । कम्पनीले एक्सचेन्जको साथसाथै फाइनान्स सहजताको लागि माछापुच्छ्रे बंैकसँग सहकार्य गरेको छ । उक्त मोडलको नक्सालस्थित सीएफ मोटोको शोरुम टेस्ट राइड गरी अझ बढी जानकारी लिन सकिनेछ ।

 

 

 

You might also like

Comments are closed.