‘टेक्सास साइन्स एण्ड आइटी एक्स्पो २०८० सुरु’, ३ दिन चल्ने

 

काठमाडौं । टेक्सास इन्टरनेशनल कलेजको आयोजनामा ‘टेक्सास साइन्स एण्ड आइटी एक्स्पो २०८०’ सुरु भएको छ । कलेज परिसर मित्रपार्कमा सोमबार सुरु एक्स्पो ३ दिनसम्म चल्नेछ ।

 

चौथो संस्करणको एक्स्पोको उद्घाटन क्यानका अध्यक्ष रञ्जित पोदार, काठमाडौं ७ का अध्यक्ष बिमल हाडा, टियुका
पूर्व डिन प्रोफेसर डाक्टर गोविन्दप्रसाद आचार्य, कलेजका अध्यक्ष भेषराज पोखरेल र टेक्सास नेटवर्कका प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

 

कलेजका विद्यार्थीले तयार पारेका विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित रोबर्ट, आइओटी, विज्ञान तथा प्रविधि लगायतका नवीनतम आविस्कारलाई एक्स्पोमा प्रदर्शनीमा राखिएको छ ।

 

विभिन्न कलेज तथा स्कुलका विद्यार्थी लगायत प्रविधिमा चासो हुनेहरुको आकर्षण एक्स्पोमा देखिएको कलेजका आइटी हेड प्रोफेसर डाक्टर सुमन थपलियाले जानकारी दिए । डा. थपलियाले ३ दिनसम्म नै एक्स्पोमा सहभागी भइ अवलोकन गर्न सकिने बताए ।

एक्स्पोमा ६० वटा स्टलमा प्रदर्शनी गरिएको छ । यो वर्ष पहिलेका वर्षहरुमा भन्दा फरकपन दिन रोबर्ट, सकर, कम्ब्याट रोबोट, स्मार्ट बोर्ड, थ्रिडि मुभी, डिजिटल फ्लोर डायग्राम, डिजिटल इन्फर्मेसन सिस्टम लगायत पनि प्रदर्शनीमा राखिएको छ ।

 

साथै विद्यार्थीलाई मनोरञ्जन गराउन विभिन्न रोबोटिक्स गेम, फुडस्टल र म्युजिकल सेसन पनि समावेश गरिएको छ । खेलमा विजयीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।

 

You might also like

Comments are closed.