एनसेलको आकर्षक इण्डिया रोमिङ् प्याक, छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा

काठमाडौं । एनसेलले विविध प्रयोजनका लागि भारतको भ्रमणमा बारम्बार जाने ग्राहकका लागि आकर्षक रोमिङ् प्याक सञ्चालनमा ल्याएको छ । यो प्याक सुचारु गरी ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।

ग्राहकले कर सहित रु १०० मा यो रोमिङ् प्याक सुचारु गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्ने बताइएको छ । प्रतिदिन मात्र रु ३३ मा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ । प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा, भ्वाइस र एसएमएस सेवा शुल्कमा भारी छुट प्राप्त गर्ने सुबिधा छ ।

गत माघ १९ गतेबाट सुरु भएको यस प्याकले वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर जस्ता सीमावर्ती शहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकलाई पनि विशेष महत्व राख्दछ ।

jutta mela

ग्राहकहरुले एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्ममार्फत पनि सुचारु गर्न सकिनेछ । प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ ।

ग्राहकले तत्कालै ५०० एमबी डेटा प्राप्त गर्नुका साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । ग्राहकले करसहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् ।

साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सक्ने सुबिधा छ । एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ भने ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् ।

रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्दछ । सबै भारतीय सेवा प्रदायकसँग आफुले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पु¥याउने विश्वास एनसेलले लिएको छ ।

You might also like

Comments are closed.