पोखरा । पोखराको फेवा किनारमा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल हुने भएको छ । सौन्दर्य र पानीरङको राजधानी पोखरालाई शब्दको सहर बनाउने उद्धेश्यका साथ फेस्टिभल आयोजना गरिएको हो ।
पाँच दिनसम्म आयोजना हुने यसवर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्रा.डा. धु्रवेशचन्द्र रेग्मी र उनको समूह, द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहने बताइएको छ ।
साहित्यिक र साङ्गीतिक अन्वेषणको नौलो यात्राको सुरुवातमा सरोकारवालासंग सहयोगको अपेक्षा गरिएको नेपाल लिटरेटर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए । उनका अनुसार नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीको पनि साथ रहँदै आएको छ ।
‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तिलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तत्र्रिmया र अन्तरसंवाद सम्पन्न गर्दै आएको छ । साथै प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ साङ्गीतिक प्रस्तुति राख्दै आइएको जनाइएको छ ।
कलाको सबैभन्दा सशक्त माध्यमका रुपमा सङ्गीतले मानिसलाई आकर्षित गर्दछ र जटिल भावनालाई अरुसम्म अभिव्यक्ति गरी मानिसलाई तरङ्गीत बनाउने सामाथ्र्य राख्छ । जुनसुकै उमेर, जाति, राष्ट्रियता वा स्वभावका श्रोतालाई भावनात्मक रुपमा उत्प्रेरित गर्ने शक्ति सङ्गीतमा हुन्छ ।
खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको छ । यस कार्यक्रमलाई इभेन्ट एमएक्सले व्यवस्थापन गर्नेछ ।
https://www.eventmx.com/ मा अनलाइनमार्फत र पोखरा अनि काठमाडौंका पोखरा पिज्जा हाउस आउटलेटमा फेस्टिभलका टिकट उपलब्ध रहेको आयोजकले जनाएको छ ।
Comments are closed.