एक हप्तामै आउट अफ स्टक भयो “द अन्ब्रेकेबल स्मार्टफोन” HONOR X9b 5G

काठमाडौं । नेपालका लागि HONOR को आधिकारिक वितरक, सेलट्रोन नेपाल ले नया लन्च द अनब्रेकेबल स्मार्टफोन: HONOR X9b 5G लन्च गरेको पहिलो हप्तामै सम्पूर्ण इकाइहरू बिक्रि गरे संगै आउट अफ स्टक को उपलब्धि मनाउँदैछ।

कम्पनीले यो फोनलाइ यति धेरै रुचाइदिनु भएकोमा सम्पूर्ण ग्राहकहरुलाइ धन्यबाद दिदै सात दिनभित्र पुनः स्टकमा आउने जानकारी दिएको छ।

अल्ट्रा बाउन्स ड्रप टेस्ट डिस्प्लेको विशेषता रहेको, HONOR X9b 5G, ३ दिन लामो ५८०० mAh ब्याट्रीको साथ सुसज्जित रहेको छ।

सिमलेस र डायनामिक स्मार्टफोन अनुभव खोज्नेहरूका लागि शीर्ष विकल्पको रूपमा रहेको यो स्मार्टफोनमा १०८ एम पी रियर क्यामेरा, Snapdragon 6 Gen 1 र २०(१२+८) जी बि RAM र २५६ जी बि स्टोरेज जस्ता विशेषताहरु रहेको छ ।

ग्राहकका लागि मात्र नभई प्राविधिक उत्साहीहरूका लागि पनि उत्कृष्ट मिड-रेञ्ज स्मार्टफोनहरू मध्ये एक भएको छ।

You might also like

Comments are closed.