राष्ट्रिय मावि पोखराले शनिवार खुल्ला रक्तदान कार्यक्रम गर्दै

पोखरा । राष्ट्रिय माध्यमिक विद्यालय पोखराले खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । विद्यालय स्थापनाको ७५ औँ वर्ष प्रवेश गरेको सुखद उपलक्ष्यमा हीरक महोत्सवको अवसर पारी यही माघ २७ गते शनिवाका दिन खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिदैछ ।

पोखरा १ पुरानो टुँडीखेलमा रहेको यस विद्यालय गत मङ्सीर २० मा स्थापनाको ७४ औँ वर्ष पुरा गरी ७५ आँै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हीरक महोत्सव २० मङ्सीर ०८० देखि २० मङ्सीर ०८१ सम्म एकवर्ष विविध कार्यक्रम गरी मनाउने कार्यतालिका अनुसार कार्यक्रम गरिरहेको छ ।

यसअघि गत २० मङ्सीरमा प्रभातफेरी संगै हीरक महोत्वको शुभारम्भ भइसकेको छ । हिरक महोत्सव अन्र्तगत प्रभातफेरि पछि विद्यालयले रक्तदान कार्यक्रम गर्न लागेको प्रधानाध्यापक ईश्वरी सापकोटाले जानकारी दिए । विद्यालयले सामाजिक उतरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गर्न लागेको उनले बताए ।

हीरक महोत्सव अन्र्तगत आउदो ८ बैशाख ०८१ मा विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्यहरु बिच परिचयात्मक सहित अनुभव आदानप्रदान गर्ने उद्धेश्यले पुर्नमिलन समारोह कार्यक्रम तय गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले जानकारी दिए । सोहीदिन विभिन्न मनोरञ्जनात्मक र साँस्कृतिक कार्यक्रमहरु गरिने विद्यालयले जनाएको छ ।

 

You might also like

Comments are closed.