नुवाकोट–काठमाडौं दुग्ध व्यवसायी समिती गठन

काठमाडौं । नुवाकोट घर भई काठमाडौंलाई कार्यथलो बनाएर दुुग्ध व्यवसायमा आबद्ध व्यवसायीको भेला काठमाडौंमा बसेको छ ।

काठमाडौंको सितापाईलामा रहेको रातोभाले रेष्टुरेण्टमा भेला बसी नुवाकोट–काठमाडौं दुग्ध व्यवसायी समिती गठन गरिएको छ । भेलाले देवराज बजगाईको संयोजकत्वमा १७ सदस्यीय समिती नुवाकोट–काठमाडांै दुग्ध व्यवसायी समिती गठन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा बालकृष्ण ढुुंगाना (दिपक), क्षेत्रबहादुर तामाङ, अनमोल गजुरेल र निशान भण्डारी, सचिव विष्णु दाहाल, सहसचिवमा प्रकाश मुडभरी र राजेन्द्र मुडभरी, कोषाध्यक्ष माधव पुडासैनी, सहकोषाध्यक्ष विनोद न्यौपाने र बद्रीप्रसाद अधिकारी रहेका छन् । यस्तै सदस्यहरुमा मधुप्रसाद अधिकारी, रामप्रसाद खतिवडा, मानबहादुर बलामी, गणेश ढकाल, रामचन्द्र न्यौपाने र विनोद घिमिरेलाई चयन गरिएको छ ।

भेलाका प्रमुख अतिथि नेपाल डेरी एशोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले संगठन नै सबैभन्दा ठूलो कुरा भएकाले सबै व्यवसायी मिलेर संगठनलाई अघि बढाउन आग्रह गरेका छन् । नुवाकोटमा रहेका दुग्ध व्यवसायीहरुले अब एशोसिएसनमा पनि आवद्ध हुदा नुवाकोटमा जिल्ला समिती समेत बनाउन सकिने अध्यक्ष दाहाल बताउँछन् ।

भेलामा नेपाल डेरी एशोसिएसनका केन्द्रिय उपाध्यक्ष मनोजकुमार घिमिरेले संस्थाबिना कसैको भलो नहुने र कुनैपनि पेशामा संस्थाको आवश्यकता पर्ने बताएका छन् । सह–कोषाध्यक्ष रामभक्त दाहाल, बागमती प्रदेश उपाध्यक्ष ध्रुब तिवारी, सचिव श्याम घिमिरे एवं केन्द्रिय कार्यालय प्रमुख रबिन्द्र के.सी. लगायतले नवनिर्वाचित नुवाकोट काठमाडांै दुग्ध व्यवसायी समितिलाई बधाई तथा सफल कार्यकालको शुुभकामना दिएका छन् ।

हाल दुग्ध व्यवसायमा भएका समस्या र समाधानका बिषयमा व्यापक छलफल भएको छ । भेलामा नुवाकोटका दुग्ध व्यवसायी, किसान लगायतको सहभागीता रहेको थियो ।

 

lcci
You might also like

Comments are closed.