नाइजेरियामा जेनेस सलुशनको कार्यालय स्थापना

लन्डन । बेलायतमा मुख्यालय भएको सूचना प्रविधि सम्बन्धी सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशनले नाइजेरियामा आफ्नो कार्यालय स्थापना गरेको छ ।

नाइजेरिया अफ्रिकाको सबैभन्दा ठूलो सूचना प्रविधि बजार मात्रै हैन, प्रविधि हबको रुपमा उदाउँदै गरेको मुलुक पनि हो । संसारकै क्लाउड सेवा प्रदायकहरु उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेको जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले बताए ।

“नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहज गरिदिएकाले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं, नाइजेरियामा कम्पनी स्थापना गर्न सहयोग गर्ने गैरआवासीय नेपालीलाई धन्यवाद दिन चाहान्छौ” उनले भने ।

जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउनेछ ।

यसले नेपालीहरुको सीप र दक्षताबारे बाँकी विश्वले थाहा पाउनुका साथै नेपाल सूचना प्रविधिको हबको रुपमा उदाउँदैछ भन्ने सन्देश पनि दिएको नाइजेरियास्थित औद्योगिक प्रतिष्ठान डाङोटे गु्रपका बरिष्ठ व्यवस्थापक तथा गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापा बताउँछन् ।

एकजना नेपाली उद्यमीले नेतृत्व गरेको कम्पनी नाइजेरियामा स्थापना हुनु एउटा गौरवको कुरा हो । जेनेस सलुशनको नेपाल, बंगलादेश, अमेरिका लगायत आठवटा मुलुकमा कार्यालय छन् ।

You might also like

Comments are closed.