राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनलाई

सुशीला रेग्मी

रामपुर (पाल्पा) । पाल्पामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ ।

पाल्पाको सदरमुकाम तानसेन टुँडीखेल मैदानमा सञ्चालन भएको जिल्लास्तरिय अन्तरपालिका राष्ट्रपति रनिङ शिल्डको उपाधि तानसेनले जित्न सफल भएको छ । सबैभन्दा धेरै पदक ल्याएर तानसेनले उपाधि प्राप्त गरेको छ ।

तानसेनले २५ स्वर्ण, १० रजत र १९ कास्य सहित कुल ५४ पदक सहित उपाधि हात पार्न सफल बनेको छ । दोस्रो स्थानमा पूर्वखोला गाउँपालिकाले १० स्वर्ण, ६ रजत र ४ कास्य सहित २० पदक प्राप्त गरेको छ भने तेस्रो स्थानमा रामपुर नगरपालिकाले ८ स्वर्ण, ११ रजत र ११ कास्य सहित ३० पदक प्राप्त गरेको छ ।

बगनासकाली गाउँपालिकाले ८ स्वर्ण, ४ रजत र ११ कास्य, माथागढी गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ८ कास्य, रम्भा गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ३ कास्य, रिब्दीकोट गाउँपालिकाले २ स्वर्ण, १ रजत र २ कास्य, निस्दी गाउँपालिकाले १ स्वर्ण र ३ रजत पदक प्राप्त गरेको छ । यस्तै तिनाउ गाउँपालिकाले ९ रजत र ९ कास्य र रैनादेबीछहरा गाउँपालिकाले १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगितामा विजयी खेलाडीलाई लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, लुम्बिनी प्रदेश सभाका सदस्य वीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले मेडल, प्रमाणपत्र वितरण गरेका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेल क्षेत्रमा विद्यालय तह देखि नै खेलाडीको उत्साह बढेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले बताए । पाल्पाबाट विभिन्न विधामा सक्षम खेलाडी उत्पादन भइरहेको उनको भनाई छ ।

 

 

 

 

You might also like

Comments are closed.