‘बीवाईडी चाइनिज न्यु इयर कप’

साइमेक्स इंकले नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रायोजन गर्ने

काठमाडौं । साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रायोजन गर्ने भएको छ ।

साइमेक्स इंक प्रालि, बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक, ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्न लागिएको जनाइएको छ ।

चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने खेल आगामी फेब्रुअरी १० मा दशरथ रंगशालामा आयोजना हुनेछ । स्प्रिङ फेस्टिभल अर्थात वसन्त पर्व समेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापी रुपमा गहिरो सांस्कृतिक महत्व राख्ने हुनाले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ सुरुवाततर्फको यात्राबारे अवगत गराउनेछ ।

jutta mela

संयुक्त राष्ट्रसंघले समेत हालै चाइनिज लुनार न्यु इयरलाई होलिडेको रुपमा मान्यता दिएकोले यसको विश्वव्यापी पहुँच र महत्वलाई जोड दिएको छ । करिव २ सय देश र क्षेत्रमा मनाइने स्प्रिङ फेस्टिभलले विविध संस्कृतिलाई जोड्ने काम गर्दछ ।

बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ, जसले उत्साहजनक प्रतिस्पर्धा र मित्रतालाई झल्काउने बताइएको छ । फुटबलको विश्वव्यापी भाषाबाट चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई मजबुत बनाउने, साइमेक्स इंक प्रालिले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्नेछ ।

क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको छ । ‘बीवाईडी चाइनिज न्यु इयर कप’ जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने, दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

You might also like

Comments are closed.