पोखरा कप विद्यालयस्तरीय क्रिकेटको मुख्य प्रायोजकमा एक्सपर्टको साथ

पोखरा । पोखरामा हुन लागेको प्रथम पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितालाई एक्स्पर्ट एजुकेशनले मुख्य प्रायोजन गरेको छ। प्रथम संस्करणको प्रतियोगितालाई मुख्य प्रायोजन गर्नलाई एक्स्पर्टले सम्झौता गरेको हो ।

बि बग इभेन्टले फागुन ७ देखि १६ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा प्रतियोगिता गर्दैछ । मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा एक्स्पर्टका अपरेसन म्यानेजर रमेश बाँस्तोला, मार्केटिङ म्यानेजर तथा पब्लिक रिलेसन अफिसर विष्णुप्रसाद गौतम र बि बग इभेन्टका अध्यक्ष विशाल सुवेदी र प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले मुख्य प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे ।

jutta mela

प्रतियोगिता टि–२० फम्र्याटमा खेलाईने छ । कास्कीका १२ विद्यालयले सहभागिता जनाउने संयोजक ढुंगानाले जानकारी दिए । १२ विद्यालयलाई चार समूहमा विभाजन गरेर लिग खेल खेलाइनेछ । समूह विजेता चार विद्यालय सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगितामा कुल १५ खेल हुनेछ । विजेता विद्यालयले क्रिकेट किटसँगै ट्रफी र मेडल पाउनेछ । उपविजेतालाई क्रिकेट किट, ट्रफी तथा मेडल प्रदान गरिनेछ । उत्कृष्ट बलर, ब्याटर र खेलाडीले पनि क्रिकेट किट, ट्रफी र मेडल पाउनेछन् ।

You might also like

Comments are closed.