पोखरा । संसदीय सभा प्रणाली सम्बन्धी तालिम पोखरामा सम्पन्न भएको छ ।
नेपाल जेसीजको आयोजना तथा पोखरा जेसीजको समन्वयमा शुक्रवार र शनिवार तालिम सञ्चालन गरिएको हो । पोखरा जेसीजका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा जेसीजका सदस्यलाई लक्षित गरी सञ्चालन गरिएको तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
बहु–शाखा संसदीय सभा प्रणाली तालिममा प्रमुख प्रशिक्षकको रूपमा नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष शिवप्रसाद भुसाल, प्रशिक्षकहरूमा नेपाल जेसीजका पुर्व अध्यक्ष विकलप्रसाद शेरचन, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार, योगगुरू लक्षुमण पौडेलले तालिम सहजिकरण गरेका हुन् ।
जेसीज सदस्यलाई औपचारीक बैठक सञ्चालनको विधि र प्रक्रिया सिकाउने लक्ष्यसहित आयोजना गरिएको कार्यक्रममा पोखरा जेसीज, पोखरा लेडी जेसीज, लेखनाथ जेसीज, बाग्लुङ जेसीज, म्याग्दी जेसीज, वालिङ जेसीज, भिरकोट जेसीज, गल्याङ जेसीज, लमजुङ जेसीज, गोर्खा जेसीज, भानुबन्दिपुर जेसीज, व्यासनगर जेसीस, शुक्लागण्डकी जेसीज गरी १३ शाखाबाट ७० जना प्रतिनिधिको सहभागीता रहेको थियो ।
समापन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पुर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले आजका सक्षम युवाले समाजिक बिषयवस्तुमा पनि चासो दिएर समाज रूपान्तरणको आन्दोलनमा नेतृवदायी भुमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाल जेसीजका तालिम आयुक्त सुयोग खरेल, कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार लगायतले जेसीजका सन्दर्भमा आफ्नो भनाई राखेको समापन कार्यक्रममा सहभागी प्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ । जेसीज आस्थापाठको अगुवाई प्रकरण निर्देशक बिजय बरालले गरेको तालिम समापन सत्रमा कार्यक्रम संयोजक सरोज पौडेलले धन्यवाद र सञ्चालन पोखरा जेसीजका महासचिव तिलकप्रसाद लामिछानेले गरेका हुन् ।
तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले जेसीज सदस्यले आफुले सिकेका सिप र ज्ञानलाई समाज रूपान्तरणमा प्रयोग गर्नुपर्ने बताइन् । उद्घाटन सत्र कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार, पोखरा जेसीजका पुर्व अध्यक्ष सुवास सिग्देलले जेसीजले गरेका कामबारे जानकारी दिएका थिए भने पोखरा जेसीजका उपाध्यक्ष मिनाकुमारी थापाले स्वागत गरेको बताइएको छ । सहभागिको तर्फबाट पोखरा लेडी जेसिजका कोषाध्यक्ष संगिता अधिकारीले आफ्नो भनाई राखेकी थिइन् ।
Comments are closed.