शाओमीको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्का

काठमाडौं । शाओमीको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरिएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वीले नेपालको लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्कालाई शाओमीको ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरिएको जानकारी दिदै अबको सहकार्यले शाओमीले अझ उचाई लिने अपेक्षा गरेका छन् ।

शाओमी जस्तो ग्लोबल टेक्नोलोजी लिडर ब्राण्डको ब्राण्ड एम्बासडर हुन पाउँदा खुशी लागेको बताउँदै नवनियुक्त ब्रान्ड एम्बासडर खड्काले अत्याधुनिक र इनोभेटिभ स्मार्टफोनहरु र एआइओटी प्रोडक्टहरु प्रदान गर्दै आइरहेको शाओमीको लक्ष्य र आफ्नो लक्ष्य मेल खाने बताइन् ।

आफूलाई ब्रान्ड एम्बासडरमा अवसर दिएकोमा शाओमी खड्काले धन्यवाद दिइन् । स्वस्तिमा खड्का आफ्नो अभिनय क्षमताको लागि पछिल्लो समय निकै लोकप्रिय अभिनेत्री हुन् ।

 

You might also like

Comments are closed.