जेसीबी बेष्ट साउथ एशियन रिजनल अवार्ड ‘मोरङ अटोवर्क्सलाई’

काठमाडौं । जेसीबी बेष्ट साउथ एशियन रिजनल डिलेयर्स अवार्ड २०२३ मोरङ अटोवर्क्सले प्राप्त गरेको छ ।

फेब्रुअरी ९, २०२४ मा पोर्चुगलको लिसबनमा आयोजना गरिएको जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४, कार्यक्रमको अवसरमा मोरङ अटोवर्क्स जेसीबीलाई अवार्ड प्रदान गरिएको हो ।

jutta mela

जेसीबी यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड, जेसीबी ईन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले मोरङ अटोवर्क्सका अध्यक्ष विष्णुकुमार अग्रवाल, कार्यकारी निर्देशक गोपालकुमार अग्रवाललाई अवार्डले सम्मान गरेका हुन् ।

अवार्डले व्यवसायमा उत्साह थपिएको र इमान्दार भएर व्यवसाय अगाडी बढाइरहेको मोरङ अटोवक्र्सका अध्यक्ष अग्रवालले बताए ।

 

 

You might also like

Comments are closed.