नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर २ हजार १०१ दशमलव १६ मा उकालो लागेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर ३७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने एक उपसमूहको शेयर मूल्य ओरालो लागेको छ ।

कूल १करोड १ लाख ८ हजार १२२ कित्ता शेयर रु ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड २ लाख ३५ हजार ४४९ बराबरको कारोबार भयो ।

यस्तै एनआरएन इन्फास्टकचर रु १६ करोड ३० लाख २५ हजार १७६, एनआइसी एशिया बैंक रु १३ करोड ७७ लाख ४७ हजार ३९८, नेपाल इन्स्योरेन्स रु ११ करोड ३७ लाख ३ हजार २९४ र सोनापुर मिनरल्स रु १० करोड २७ लाख ११ हजार ७२८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने ९ दशमलव ९८ प्रतिशतले कमाएका छन् ।

यस्तै एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो आठ दशमलव ८९, इमर्जिङ नेपाल ३ दशमलव ८६, मिड सिन्धु हाइड्रोपावर ३ दशमलव १८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो २ दशमलव ७९ र एसबीएल डिवेञ्चरका लगानीकर्ताले २ दशमलव शून्य ७ प्रतिशतले गुमाएका छन् । रासस

 

You might also like

Comments are closed.