लेखनाथमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम

लेखनाथ । लेखनाथमा धितोपत्र बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको आयोजनामा कार्यक्रम भएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशकद्धय श्याम मण्डल र भुपती पाण्डेले सहजिकरण गरेका हुन् ।

कार्यक्रमको अवसरमा देशको वित्तिय प्रणाली, धितोपत्र बजारको महत्व, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्याङ्कीय विवरण, धितोपत्र सम्बन्धी ऐन, नियम, धितो बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, लगानी गर्दा हुने फाइदाहरू, प्राथमिक वजार र दोस्रो शेयर बजारमा कारोबारका गर्दा थाहा पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा जानकारी दिइएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पुर्वअध्यक्ष बाबुराम गिरीले राष्ट्र बैंक, धितोपत्र बोर्ड र जस्ता नियमनकारी निकायहरुले बजारमा सकारात्मक म्यासेज दिन जरुरी रहेको बताए । उनले अहिलेको पुँजी बजारको समस्या समाधानको लागि नियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताए ।

यस्तै ग्रिन डेभलपमेण्ट बैंकका हरी बुढाथोकीले विगत दुईवर्ष देखि निरन्तर घटिरहेको शेयर बजार छिट्टै आउन लागेको राष्ट्र बैङ्कको मौद्रीक निति पछि सुधार हुने आशा गर्दै यही कारणले धितोपत्र बजारमा ठूलो परिवर्तन आउने सम्भावना भने नदेखिएको बताएका छन् । पछिल्लो १५–२० करोडको क्याप देखाउने दाँतमात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्र बैङ्कले लगाएको क्याप पूर्ण रुपमा हटाउन उनले सुझाव दिए ।

सोही अवसरमा नेपाल स्टक हाउस प्रालिका गोकुल रिमालले धितोपत्रबजारमा किनबेच गर्दा कसरी अवसरको सदुपयोग गर्ने लगायतका प्राविधिक पक्षहरूको बारेमा जानकारी दिनुका साथै देशको वर्तमान आर्थिक परिदृश्यका बारे चर्चा गरेका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुली, प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी ‘राजु’ ले गरेका थिए ।

You might also like

Comments are closed.