टिभिएसको १ लाख सेलेब्रेसनमा एनओजी राइड

काठमाडौं । टिभिएसको १ लाख सेलेब्रसनको खुशीयालीमा एनओजी राइड तथा केक काटेर मनाइएको छ ।

टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड गरेको छ ।

टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टसम्म एनओजी राइड गरिएको हो । राइडमा सहभागी करिव १ सय राइडरहरु बीच परिचय आदानप्रदान तथा विभिन्न खेलहरु, राइडलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ । साथै सो राइडमा स्कुटरहरु राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको थियो ।

jutta mela

राइडमा हेड मार्शल गौरव पाठकले सडक सुरक्षा, राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी दिएका छन् । प्रोडक्ट हेड करुणा पुडासैनीले १ लाख सेलिब्रेशनको बारेमा जानकारी, मार्र्केटिङ डेप्युटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकलाई स्वागत गरेका थिए ।

टिभिएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटरहरु उपलब्ध गराउने टिभिएस् पहिलो कम्पनी हो ।

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टिभिएस एनटर्क ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको छ । २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको छ ।

 

You might also like

Comments are closed.