‘चाइनिज न्यु इयर कप’ फुटबल सकियो

काठमाडौं । नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न भएको छ । बीवाईडीको प्रायोजन दशरथ रंगशालमा कप आयोजना गरिएको हो ।

सो मैत्रीपूर्ण खेलमा नेपाली अन्डर–२३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको छ ।
चिनियाँ राजदुतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा संयूक्त रुपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको हो ।

jutta mela

चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको मैत्रीपूर्ण फुटबल म्याचसंगै नेपालको प्रख्यात म्यूजिक ब्याण्ड कुटम्वले बिभिन्न गीत प्रस्तुत

गरेको थियो । साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई मनोरञ्जन प्रदान गरेको बताइएको छ ।
कार्यक्रममा चीनका राजदुत चेन सङ र नेपालका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको सहभागीता रहेको कार्यक्रम सफलतापूर्वक सकिएको छ ।

 

You might also like

Comments are closed.