आयात प्रतिस्थापन गर्दै निर्यात बढाउन कृषि उद्यम केन्द्रको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रको सञ्चालक समितिको छैँठौ बैठक काठमाडौंमा बसेको छ । समितिका सभापति डि.बि. बस्नेतको अध्यक्षतामा बैठक बसेको हो ।

कार्यक्रमका अध्यक्ष समितिका सभापति बस्नेतले बैठकका एजेण्डा, विभिन्न विषयहरु निर्णय प्रस्तुत गर्नुका साथै आगामी वजेटमा सरकारलाई कृषि व्यवसाय प्रवद्र्धन गर्न आवश्यक कार्यक्रमबारे सुझाव दिने बताए । कृषि उद्यम केन्द्रलाई कृषिवस्तुमा आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने र सोको लागि सरकारी तथा गैर सरकारी निकायहरुसँग मिलेर सहकार्य गर्ने विषयमा बैठक केन्द्रित रहेको थियो ।

सभापति बस्नेतले कृषिको व्यवसायीकरण र आधुनिकीकरणलाई जोड दिने सोँचका साथ सरकारलाई आवश्यक नीति नियम निर्माण र संशोधनको लागी अनुरोध गर्नुका साथै विभिन्न दाताहरुको सहकार्यबाट आयातलाई प्रतिस्थापन गर्ने, कार्यक्रममा कृषि उद्यम केन्द्रको ध्यान गएको बताउँदै विदेशबाट आयातित भन्दा स्थानीय उत्पादनलाई ब्रान्डिग गर्नुपर्ने, स्थानीय उत्पादनमा जोड दिई स्थापना भएका कोल्डस्टोरलाई पूर्ण रुपमा सञ्चालन गरी भण्डारण गर्न सके विदेशबाट आयात घट्न गई स्वदेशी उत्पादनको प्रवद्र्धन हुने भएकोले सोतर्फ सरकार तथा सम्बन्धित सरोकारवालाहरु लाग्नुपर्ने बताए ।

jutta mela

कृषि उद्यम केन्द्रमा गठित विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो उपसमितिले हाँसिल गरेको प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका छन् । कृषि उद्यम केन्द्रका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत दिपेन्द्रकुमार जोशीले हालसम्म हासिल गरेको उपलब्धी र भावी योजनाबारे जानकारी दिएका छन् ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयका प्रतिनिधी डा.प्रधुम्नराज पाण्डेले कृषि उद्यम केन्द्र नीजि क्षेत्रको सशक्त निकाय भएकोले कृषि क्षेत्रको विकासको लागी प्रभावकारी भूमिका खेलीरहेको चर्चा गर्दै मन्त्रालय सहकार्य गर्न तयार रहेको, खाली जग्गालाई उत्पादनमा जोड दिनुपर्ने, समस्या मात्र होइन समाधानमा पनि लागि हरेक कुरामा निरन्तरता दिनुपर्ने बताएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रतिनिधी चित्राकुमारी कठायतले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै कृषिमा के गर्दा राम्रो हुन्छ भन्ने सुझावको अपेक्षां राखेको बताइन् । बैठकले कृषि व्यवसायसँग सरोकार रहेका बिभिन्न नीतिगत विषयहरु जस्तैः बिद्युत महशुलमा अनुदान, भन्सार छुट, कर, बैकिङ्ग, विमा, कोल्डस्टोर लगायतको विषयमा छलफल भएको छ ।

कृषि उद्यम केन्द्रका सहसभापति राजकुमार कार्कीले अन्तरमन्त्रालय बीच समन्वय र सहकार्य नभएको कारण व्यवसायीले अनावश्यक झन्झट खेप्नुपर्ने, यसले गर्दा उद्योग लगाउने उद्योगी निराश हुदै बाध्य भएर विदेश पलायन हुने गरेको, विदेश निर्यातमा कठिनाई भएकोले त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिन सकेको खण्डमा निर्यात गर्न सहज हुने बताउने बताउँछन् ।

बैठकमा कृषि मन्त्रालयका डा. प्रधुम्नराज पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट चित्राकुमारी कठायत, कृषि उद्यम केन्द्रका सहसभापति राजकुमार कार्की लगायत अन्य सञ्चालक समितिका सदस्यमा प्रल्हाद दाहाल, डा. रत्न कार्की, सुनिता न्हेम्हाफूकि, मनोज चापागाई, अर्जुन श्रेष्ठ, झलक श्रेष्ठ, आशिष शर्मा, कृष्णभक्त श्रेष्ठ, खिमबहादुर हमाल सहभागी थिए ।

 

You might also like

Comments are closed.