रामपुर (पाल्पा) । कुम्भ प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । रामपुर नगरपालिका ९ मा अवस्थित यस विद्यालयमा अध्ययनरत विपन्न, जेहेन्दार विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।
रामपुर युवा क्लवले यहाँ अध्ययनरत ३५ जना विद्यार्थीलाई स्टेशनरी तथा दन्त सामाग्री प्रदान गरेको छ । विद्यार्थीलाई कपी, कलम लगायतका स्टेशनरी सामाग्री संगै ब्रस र टुथ पेष्ट प्रदान गरेको क्लवले जनाएको छ ।
होराईजन डेन्टल क्लिनिक तथा ट्रभल डेन्टिष्ट्र नेपालका डाक्टर शंकर श्रेष्ठ, डाक्टर रचना रानाको सहकार्यमा दाँतको महत्व, दाँतको सुरक्षा गर्नेे उपायको बारेमा विद्यार्थी र अभिभावकलाई जानकारी दिइएको छ ।
नगरको केन्द्रदेखि टाढा रहेको यस विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई पढ्नका लागि कापी, कलम जस्ता शैक्षिक सामग्री अभाव नहोस् भन्नका लागि सहयोग गरेको डा. शंकर श्रेष्ठले बताए ।
क्लवले यसभन्दा अघि पनि धेरै विद्यालयमा शैक्षिक तथा खेलकुदजन्य, मेडिकलजन्य सामग्री वितरण कार्य गरिसकेको छ । सामाजिक सेवाका भावले क्लवले गाउँ ठाउँमा रचनात्मक कार्यहरु गर्दै आइरहेको छ ।
Comments are closed.