कामनाका संस्थापक श्रेष्ठको सम्झनामा रक्तदान

काठमाडौं । कामना न्यूज पव्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लव नेपालका संस्थापक समाजसेवी भारतलाल श्रेष्ठको सम्झनामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

‘रक्तदान जीवनदान’ को मूल नारासहित भीमसेनस्थानस्थित कामना न्यूज पव्लिकेसन्स तथा द रोलिङ स्टोन स्कुलको प्राङ्गणमा रक्तदान गरेका थिए ।

स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते रक्तदान कार्यक्रम आयोजना गरिँदै आइएको छ । रक्तदानमा कार्यमा सहभागी रक्तदातालाई कामना न्यूज पव्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र केन्द्रिय रक्त संचार सेवाका निर्देशक पवनकुमार गुप्ताले प्रमाणपत्र वितरण गरेका छन् ।

त्यस्तै श्रेष्ठको सम्झनामा आयन्स क्वल अफ विशाल बजार र विशाल बजार व्यापार संघले पनि बिहीबार नै बिशाल बजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यमा ३० जनाले रक्तदान गरेका थिए ।

lcci
You might also like

Comments are closed.