पोखरामा वित्तीय साक्षरता तथा व्यावसायिक योजनासम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्र्धन केन्द्रले फागुन ८ र ९ गते पोखरा महानगरपालिका अन्र्तगतका वडा नं. १९ र २० मा छुट्टाछुट्टै कार्यक्रमकाबीच वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन् ।

बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ लगायत समसामायीक विषय बस्तुको वारेमा बैंकका जोखिम व्यवस्थापन तथा अनुपालना विभाग प्रमुख रमेश बञ्जराले सहभागीलाई प्रस्ट पारेका थिए । सो कार्यक्रममा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले ग्रीन डेभलपमेण्ट बैंक, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र पोखरा महानगरपालिको सहकार्यमा आधारित साझेदारी स्वरोजगार कार्यक्रम बारेमा आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी,व्यवसायी तथा अन्य संघ संस्थाका प्रतिनिधि,स्थानीय आमा समुहको सहभागिता भएको थियो । उक्त कार्यक्रमबाट १०२ जनाले वित्तीय साक्षरता सम्वन्धी ज्ञान हासिल गरेका थिए ।

You might also like

Comments are closed.