रामपुर (पाल्पा) । आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस पाल्पामा स्थानीय विदा दिइएको छ । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा सबै पालिकाले विदा दिएका छन् ।
जिल्लाका दुई नगरपालिका र आठ पालिकामा सुचना जारी गर्दै मंगलवार एक दिनको लागि मगर एकता दिवस मनाउन विदा दिएको जनाएका छन् ।
रामपुर र तानसेन नगरपालिका सहित माथागढी, तिनाउ, निस्दी, पूर्वखोला, बगनासकाली, रैनादेवीछहरा, रम्भा, रिब्दीकोट गाउँपालिकाले मगरी संस्कृतिको उत्थान र उत्सव मनाउन विदा दिएका छन् । दिवसको अवसरमा जिल्ला भरका पालिकाले पालिकास्तरीय विविध कार्यक्रमको तयारी गरेका छन् ।
दिवसको अवसरमा नगरपालिका कार्यालय मातहतका सम्पूर्ण कार्यालयहरु, शिक्षण संस्था, स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा कार्यपालिकाको बैठकले विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए ।
आज मगरी संस्कृति झल्कने विभिन्न झाँकी प्रदर्शन, मगरी परिकार कार्यक्रमको विशेष आकर्षण रहनेछ ।
Comments are closed.