वर्ल्ड कार अवार्ड २०२४ मा BYD टप ३

 २६ फेब्रुअरीको जेनेभा मोटर शोमा वर्ल्ड कार अवार्ड २०२४ को लागि शीर्ष तीन अन्तिम प्रतियोगीको घोषणा गरिएको छ।

BYD, को मोडल BYD SEAL ले “वर्ल्ड कार अफ द यर” र BYD DOLPHIN, ले “वर्ल्ड अरबन कार” श्रेणीहरूमा टप ३ स्थान हासिल गर्दै, क्रमशः प्रतिस्पर्धामा अगाडि बढेका छन्। BYDले “वर्ल्ड कार अवार्ड” श्रेणीको शीर्ष तीनमा सुचिकृत हुने पहिलो र एकमात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ।

विश्वभरको प्रमुख अटोमोटिभ परिचालनका महत्त्वपूर्ण पुरस्कारको रूपमा चिनिएका “वर्ल्ड कार अवार्ड”, “युरोपीयन कार ओफ द यर”, र “नोर्थ अमेरिकन कार ओफ द यर” अत्यधिक रुपमा प्रशंसित छन्। “विश्वमा  अटोमोटिभ ओस्कर” को नाममा प्रसिद्ध भएको “वर्ल्ड कार अवार्ड” विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ। BYD को असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको हो।

jutta mela

यी दुई मोडेलहरूले, आफ्नो विशेष डिजाइन, असाधारण प्रविधि र मजबूत सुरक्षा विशेषताहरूको कारण २९ देशका १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ। २०२३ मा, BYD SEAL र BYD DOLPHIN ने Euro NCAP र ANCAP परीक्षणमा पनि  पाँच-ताराको रेटिङ प्राप्त गरेका थिए। BYD SEAL लाई “युरोपीयन कार अफ द यर २०२४” को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो ।

विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रणीको रूपमा, BYDले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर, ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो जुन चाहि चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो ।

अहिलेसम्म, BYD ले ६ महादेशका ७० देशका ४ सय भन्दा बढी शहरहरूमा प्रभावकारी उपस्थिति प्रस्तुती गरिसकेको छ। विश्व कार पुरस्कारको उद्देश्यसंगै निरन्तर यातायातको क्षेत्रमा नवीनता अभिवृद्धिको उद्देश्यका साथ, BYD प्रविधिको विकास संगै जिरो एमिशन समाधान निर्माण गर्नका लागि प्रतिबद्ध छ।

यसले BYD को ग्राहकवर्गको अनुभवमा सुधार गर्न र अटोमोटिभ उद्योगको परिवर्तन तथा प्रगति गर्नमा मात्र सिमित नभई निरन्तर रूपमा अटोमोटिभ उद्योगलाई अझै हरित र न्युन कार्बन उत्सर्जनमा परिवर्तन गरि विश्वको स्थायी विकासमा सक्रिय योगदान पुर्याउने उद्देश्यलाई पनि दर्साएको छ ।

 

 

You might also like

Comments are closed.