नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर १ हजार ९७२ दशमलव शून्य ९ मा सिमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ४ दशमलव ७९ अङ्कले ओरालो लागेर ३५१ दशमलव ६५ मा सिमित भएको छ । आज कारोबार भएका कूल १३ उपसमूह नै ओरालो लागेको हो । कूल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर रू २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ मूल्यमा कारोबार भएको छ ।

jutta mela

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको रू ११ करोड १३ लाख १० हजार ३४६ बराबरको कारोबार भएको छ । जोशी हाइड्रोपावर रू १० करोड १४ लाख ३३ हजार ४५५, हिमालयन रिइन्स्योरेन्स रू ८ करोड ३ लाख ३५ हजार, हाथवे इन्भेस्टमेन्ट रू ६ केड ५९ लाख ९१ हजार ६९६ र शिवम् सिमेन्ट रू ५ करोड २१ लाख १२ हजार ८७० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त ९ दशमलव ८६, मानुषी लघुवित्त ३ दशमलव ९८, समाज लघुवित्त ३ दशमलव ९०, एनएमबी–५० का लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।

त्यस्तै, जोशी हाइड्रोपावर १०, अप्पर स्याङ्गे हाइड्रोपावर ८ दशमलव ६२, मैलुङ हाइड्रोपावर ८ दशमलव शून्य १, इन्ग्वा हाइड्रोपावर ७ दशमलव ५८ र एनआइसी एसिया ग्रोथ फण्ड दोस्रोका लगानीकर्ताले ७ दशमलव ५७ प्रतिशतले गुमाएका छन् । रासस

You might also like

Comments are closed.