पोखरा । हीरक महोत्सवको अवसरमा राष्ट्रिय माध्यमिक विद्यालय पोखराले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विद्यालय स्थापनाको ७५ औँ वर्ष प्रवेश गरेको अवसरमा पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलमा अवस्थित यस विद्यालयले आउँदो फागुन २२ र २३ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने तयारी गरेको छ ।
विद्यालयका पुर्व विद्यार्थी समेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविर कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा. वसन्त ताम्राकार र अर्का पुर्व विद्यार्थी बालरोग विशेषज्ञ डा. विनोद तुलाचनको नेतृत्वमा शिविर आयोजना हुन लागेको विद्यालयले जनाएको छ ।
संयोजक ताम्राकारका अनुसार विशेषगरी शिविरमा साना बालबालिकाको मुटुको परिक्षण गरी जन्मजात कुनै समस्या छ छैन् त्यसको परिक्षण गरिने छ भने कक्षा ११ र १२ का विद्यार्थीको व्लड ग्रुप छुट्याउने काम हुनेछ । पहिलो चरणमा विद्यार्थीको स्वास्थ्य शिविर गरिनेछ भने पछि अर्को शिविर आयोजना गर्ने संयोजक ताम्राकारले जानकारी दिए ।
विद्यार्थीको लागि मात्र दुई देखि तीन दिन लाग्ने र त्यसपश्चात् पुनः अर्को शिविर गर्ने उनको भनाई छ । शिविरमा आवश्यकता अनुसार औषधीहरु समेत वितरण गरिनेछ । विद्यालयले २० मङ्सीर ०८० मा आफ्नो स्थापनाको ७४ औँ वर्ष पुरा गरी ७५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हीरक महोत्सव २० मङ्सीर ०८० देखि २० मङ्सीर ०८१ सम्म एकवर्ष विविध कार्यक्रम गरी मनाईरहेको छ ।
यसअघि गत २० मङ्सीरमा प्रभातफेरीसँगै हीरक महोत्वको शुभारम्भ गरी विभिन्न कार्यक्रम अगाडी बढाएको छ । हीरक महोत्सव अन्र्तगत यसअघि २७ माघमा विद्यालयले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ७५ युनिट रगत सङ्कलन भएको थियो ।
महोत्सव अन्र्तगत आउदो ८ वैशाख ०८१ मा विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी, पुर्व शिक्षक÷कर्मचारी, पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवम् सदस्यहरु बिच परिचय सँगै अनुभव आदानप्रदान तथा पुर्नमिलन समारोह आयोजना गरिएको विद्यालयले जनाएको छ ।
Comments are closed.