राष्ट्रिय महिला भलिबलमा एपीएफ र बागमती सेमिफाईनलको नजिक

रामपुर (पाल्पा) । रामपुरमा जारी प्रथम लुम्बिनी कप अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ र बागमती प्रदेश सेमिफाईनलको नजिक पुगेको छ ।

शनिबार भएको खेलमा एपीएफ क्लवले लुम्बिनी प्रदेश र बागमती प्रदेशले कोशी प्रदेशलाई सोझो सेटमा पराजित गरे संगै दुवै समुहले लिग चरणको दुई÷दुई खेल जित्न सफल भएको छ ।

जिल्ला भलिबल संघ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धनमा भइरहेको प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फ रहेको एपीएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा आज लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट २५–१०, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१३ अंक सहित सशस्त्र प्रहरी बलको एपीएफ क्लवले आफ्नो पक्षमा लिएको हो ।

त्यस्तै समुह ‘वी’ तर्फ रहेको एपीएफले पहिलो खेलमा सुदुरपश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो । आज भएको दोस्रो खेलमा पनि कोशी प्रदेशलाई सोझो सेटमा पराजित गर्न सफल भयो । पहिलो सेट बागमतीले २५–० अंकले जित्न सफल भएको थियो । दोस्रो र तेस्रो सेट पनि २५–६ र २५–८ अंकका साथ सहजै आफ्नो पक्षमा लिएको हो । समूहको अन्तिम खेल एपीएफले गण्डकी प्रदेश र बागमतीले मधेश प्रदेश संग खेल्नेछ ।

jutta mela

आजै भएको कोशी प्रदेश र मधेश प्रदेश विचको खेलमा कोशी प्रदेशले मधेश प्रदेशलाई ३–१ सेट सहित पराजित गर्दै जितको यात्रा सुरु गरेको छ । पहिलो सेट कोसीले २३–२५ अंकका साथ गुमाएको थियो । दोस्रो, तेस्रो र चौथो सेट भने २७–२५, २५–१८ र २५–१८ अंकका साथ जित्दै विजयी हुन सफल भएको हो ।
त्यस्तै शुक्रबार लुम्बिनी संगको खेलमा पराजित भएको गण्डकी प्रदेशले आजको खेलमा जित निकाल्न सफल भएको छ । कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गर्दै जित निकाल्न सफल भएको हो । गण्डकीले २५–१२, २५–१४ र २५–२० अंक सहित जित निकालेको हो ।

अन्तिम खेल सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश विच भएको थियो । समय अभावका कारण २–२ सेटको बराबरीमा खेल रोकिएको हो । सहभागी आठ समूहमध्ये समूह ‘ए’ तर्फ एपीएफ क्लब, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ भने समूह ‘वि’ तर्फ बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । हालसम्म समुह चरणको खेलमा समूह ‘ए’ तर्फ एपीएफ क्लबले दुई खेल, लुम्बिनी प्रदेश र गण्डकीले १÷१ खेल, समूह ‘वि’ तर्फ बागमतीले २ खेल र कोशी प्रदेशले १ खेल जितेको छ ।

शनिबार रोकिएको खेल आईतबार विहान हुने आयोजकले जनाएको छ । त्यस पश्चात कर्णाली प्रदेश र लुम्बिनी प्रदेश विच प्रतिस्पर्धा हुनेछ । क्रमश बागमती प्रदेश र मधेश प्रदेश, एपीएफ क्लव र गण्डकी र सुदुरपश्चिम र कोशी विच हुनेछ । आईतबारको खेलसंगै समुह चरणको खेल सम्पन्न हुनेछ ।

सोमबार सेमिफाईनल खेल र मंगलबार फाईनल खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता हुने प्रथम, द्वितीय, तृतीय र सान्त्वना समूहले क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

You might also like

Comments are closed.