आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको २६ औँ बार्षिक साधारण सभा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारण सभा लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सकिएको छ ।

संस्थाका अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुट्टै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको बताए । उनले देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूला–ठूला मेगा प्रोजेक्टहरुको स्थापना हुनुपर्नेमा जोड दिए ।

नेपालमा विकास निर्माणको लागि सडक, जलविद्युत, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकाले सरकारले प्राथमिकताका साथ लगानीमैत्री वातावरणको सृजना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देशमै रोजगारीको सृजना भई आर्थिक समृद्धिको बाटोमा लम्किने अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

jutta mela

साधारण सभाबाट आगामी ४ बर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवाल, सर्वसाधरण समूहबाट राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्बिरोध निर्वाचित भएको नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

२०८० बैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न सफल भएको छ ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार लगायतले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूँजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ ।

बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ नयाँ क्षेत्र पहिल्याएर नागरिकलाई सूचना प्रविधिको माध्यमबाट समेत सहज सेवा प्रदान गर्ने उद्धेश्यले आगामी बर्षमा ग्राहकको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको छ ।

 

You might also like

Comments are closed.