चापापानी सिद्धार्थ सहकारीका सदस्यलाई सहकारी सम्बन्धी शिक्षा

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा १२ पुरानोधारामा रहेको यस सहकारीले सदस्यलाई सहकारी सम्बन्धी जानकारी गराउन सहकारी शिक्षा कार्यक्रम आयोजना गरेको हो ।

सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले सहकारी शिक्षा तालिमले सदस्यलाई सहकारी सम्बन्धी जानकारी दिदै अहिले बजारमा नाफाको पछि लागेका र प्राईभेट किसिमले चलेका सहकारी जोखिममा रहेको बताए ।

jutta mela

संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेशबहादुर कार्कीले कास्कीका राम्रा भनेर चिनिने सहकारीहरु मध्येमा यस चापपानी सिद्धार्थ सहकारी उत्कृष्ट रहेको बताउँछन् । सहकारीका सदस्यले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

संस्थाका अध्यक्ष दिपक कार्कीले आगामी दिनमा खराब ऋणलाई कानुनी उपचार गरी उठाउन लागिएको बताउदै सहकारीको मुल्य, मान्यता अनुसार यस सहकारी चलेको बताए । अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष श्यामप्रसाद साँखीले स्वागत गरेका हुन् भने व्यवस्थापक करुणा शाहीले सहकारीको हालसम्मको वितीय सम्बन्धी जानकारी दिइन् ।

शिक्षा समिति संयोजक मनोहरी पौडेलले सहकारीका सात सिद्वान्तबारे जानकारी दिएको कार्यक्रमको सञ्चालन सचिव इन्दिरा भण्डारी कोईरालाले गरेको जनाइएको छ । सोही अवसरमा वनभोज कार्यक्रम समेत भएको छ ।

 

You might also like

Comments are closed.