कालीकोटमा १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप

मान्म (कालीकोट) । कालीकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षसम्मका १७ हजार ८३५ बालबालिकालाई खोप लगाइको हो ।

यही फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा १७ हजार ८३५ बालबालिकालाई खोप दिइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए ।

“फागुन १३ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा जिल्लाको खाँडाचक्र र तिलागुफा नगरपालिका तथा पलाता नरहरिनाथ र महावै गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो”, उनले भने ।

फागुन १७ गतेदेखि १९ गतेसम्म जिल्लाको रास्कोट नगरपालिकाका साथै सान्नीत्रिवेणी, पचालझरना र शुभकालिका गाउँपालिकामा खोप सञ्चालन गरिएको थियो । जिल्लाका नौ वटा पालिकाका २२७ भन्दा बढी खोप केन्द्र्रबाट खोप अभियान सञ्चालन गरिएको महतले जानकारी दिए ।

खाँडाचक्र नगरपालिकाका दुई हजार २८५, पलाताका दुई हजार ३८३ , नरहरिनाथका दुई हजार ८२७, महावैका एक हजार ९२, तिलागुफाका एक हजार ८९० लाई खोप दिइएको महतले बताउनुभयो ।

रास्कोट नगरपालिकाका दुई हजार २६२, सान्नीत्रिवेणीका एक हजार सात सय, पचालझरनाका एक हजार ६५४ र शुभकालिकाका एक हजार ५४३ बालबालिकालाई खोप दिइएको छ । रासस

 

lcci
You might also like

Comments are closed.