काठमाडौं । प्रिमियर स्टिल प्रालिको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट २०८० काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव मुकुन्द निरौला, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिं, सारडा ग्रुपका निर्देशक सौरभ सारडा र प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडा लगायत प्रिमियर स्टिलसँग आबद्ध देशभरका डेभलपर्स एण्ड कन्ट्रयाक्टर्सहरुको कार्यक्रममा सहभागी थिए ।
प्रिमियर स्टिलका प्रबन्धक निर्देशक पवन सारडाले देश निर्माणमा राम्रो भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गर्दै अहिले सरकारको ढुकुटीमा पैसा नभएको भन्दै कन्ट्रयाक्टरहरुले रकम भुक्तानी नपाएकोले केही समस्याहरू उत्पन्न भइरहेको समेत बताए ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंले नेपालमा निर्माण व्यवसायीको राम्रो सम्भावना भएतापनि सरकारले समयमा भुक्तानी नदिँदा यो सबै क्षेत्र नै बदनाम हुन पुगेको बताए । उनले आफू निर्माण व्यवसायमा आबद्ध भएपछि स्टिलमा प्रिमियर स्टिल आफ्नो पहिलो प्राथमिकतामा पर्ने गरेको समेत तर सरकारले पुँजीगत खर्च गर्न नसकेको कारण निर्माण व्यवसायी र उद्योगीहरूको सम्बन्ध चिसिँदै गएको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।
उद्योग सचिव मुकुन्द निरौलाले, सरकार सबैको भएकाले सरकारलाई मात्र दोषी नभन्न आग्रह गर्दै सरकारले एक व्यक्ति वा एक कम्पनीको बारेमा मात्र नभएर सबैको लागि काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।
कार्यक्रमलाई समापन गर्दै सारडा ग्रपका निर्देशक सौरभ सारडाले सबैलाई धन्यवाद दिदै भबिष्यमा प्रिमियर स्टिलले नयाँ उचाइ छुने विश्वास व्यक्त गरे । ६ वर्षको अवधिमा हाल जस्तो कठिन परिस्थिति कहिल्यैपनि नआएको तर सबै सरोकारवालाको साथ र सहयोगले नयाँ उचाइ हासिल गर्न सकिएको बताए ।
प्रिमियर स्टिल प्रालिको यस पटकको पूर्वाधार डेभलपर्स एण्ड कन्ट्रयाक्टर्स मिट २०८० मा १६५ जनाको सहभागिता रहेको कम्पनीका ब्राण्ड मेनेजर सजल रावतले बताए ।
Comments are closed.