मेरिना इम्पेक्सलाई ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

काठमाडौं । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ ।

१६ औँ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौँमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाई ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो ।

कर्पोरेट मिडिया ग्रुपले बिगत १६ वर्षदेखि बिभन्न बिधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यसबर्ष ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमी लगायत विभिन्न क्षेत्रका २९ व्यक्तिलाई अवार्ड प्रदान गरेको छ ।

बेष्ट टेलरिङ अवार्डले ग्रहकमैत्री सेवाका लागि थप प्रेरित गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताए । ग्रहकको चाहनालाई बुझेर बिगत ४० बर्षदेखी स्तरिय शर्टिङ, शुर्टिङ तथा टेलरिङ्ग सेवा दिदै आएको र गुणस्तरमा सम्झौता नगर्ने भएकाले इम्पेक्सले ग्रहकको विश्वास जितिरहेको उनी बताउँछन् ।

काठमाडांैको न्युरोड, बागबजार, सामाखुसि र गाबहाल पाटनमा रहेका ४ शाखाबाट सेवा दिदै आएको मेरिना इम्पेक्स विभिन्न व्यापारिक र शैक्षिक संस्थाका पोशाकका लागि समेत प्रख्यात छ ।

You might also like

Comments are closed.