नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी संघका नवनिर्वाचित पदाधिकारी घोषणा तथा पदस्थापना

काठमाडौं । नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी संघ काठमाडौंका नवनिर्वाचित पदाधिकारीको घोषणा तथा पदस्थापना कार्यक्रम भएको छ ।

संघको ९ औँ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई आज काठमाडौंको द लिफ लाउन्ज छाउनीमा एक कार्यक्रमका बीच घोषणा तथा पदस्थापन गराइएको छ ।

संघको अध्यक्षमा मेजर शमशेर कुँवर (महेश), उपाध्यक्षहरुमा दानबहादुर बोगटी (डिबी) र अरुण शर्मा, सचिवमा ताराबहादुर कटुवाल (अर्जुन), सह–सचिवमा नेत्रबहादुर अधिकारी, कोषाध्यक्षमा खेमराज आचार्य र सह–कोषाध्यक्षमा शालिकराम श्रेष्ठ (सुरज) निर्विरोध निर्वाचित भएका छन् ।

jutta mela

संघको सदस्यहरुमा खड्गबहादुर कार्की, उजिस पोखरेल, अंकुरराज गिरी, शालिकराम अधिकारी, सन्तोष श्रेष्ठ, श्यामकृष्ण खड्गी, रामहरी रिमाल, दिपेन्द्र श्रेष्ठ रहेका छन् ।

संघको सल्लाहकारमा डा. ताराबहादुर कुँवर, यादवलाल श्रेष्ठ, सुनिल थापालाई चयन गरिएको छ । प्रायोजकको रुपमा भने नेको इन्सुरेन्स लिमिटेड ज्ञानेश्वर काठमाडौं रहेको छ ।

You might also like

Comments are closed.