नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो

काठमाडौं । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर २ हजार ७ दशमलव ६९ को बिन्दुमा कायम भएको हो ।

सोमबार एकैदिन परिसूचक ११७ दशमलव ७० अङ्क अर्थात् ६ प्रतिशतले बढेको थियो । उच्च अङ्कको वृद्धिपछि आज लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घटेको हो । आज ३०६ कम्पनीको एक करोड १४ लाख ६७ हजार ५९९ कित्ता ६९ हजार २०८ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २१३ कम्पनीको शेयर मूल्य घट्दा ३३ कम्पनीको मात्रै बढेको छ ।

नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स ३ दशमलव २४ र फ्लोट इन्डेक्स ३ दशमलव ३७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड शून्य दशमलव ६६ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४ दशमलव ३५ प्रतिशतले घटेको छ ।

jutta mela

त्यस्तै, जलविद्युत् समूह ४ दशमलव ३० र उत्पादन तथा प्रशोधन ४ दशमलव २० ले घटेको छ । बैंकिङ ३ दशमलव ०१, विकास बैंक ३ दशमलव ६५, वित्त २ दशमलव ७५, होटल तथा पर्यटन ३ दशमलव ६९ र लगानी समूह ३ दशमलव ४८ प्रतिशतले घटेको छ ।

त्यसैगरी, जीवन बीमा समूह ३ दशमलव ४९, लघुवित्त १ दशमलव २७, निर्जीवन बीमा समूह २ दशमलव ६० र व्यापार समूह २ दशमलव १५ प्रतिशतले घटेको छ । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्य आज सबैभन्दा धेरै ८ दशमलव ७३ प्रतिशतले बढेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ र बोटलर्स नेपाल (तराई) को शेयर मूल्य ९ दशमलव ४५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रू ४१ करोड ९१ लाख २२ हजार ७३५ बराबरको ८ लाख ५० हजार ४६४ कित्ता शेयर किनबेच भएको छ । रासस

You might also like

Comments are closed.