लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीनदिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ पारायण भएको छ ।
अखिल नेपाल भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका सहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।
त्रिपिटक पाठको समापन गर्दै पूर्वमन्त्री अशोक राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरुको सँगालो त्रिपिटक पाठले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको बताए । गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै उनले बुद्धका शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको बताएका छन् ।
अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु फ्रा खु्र धमेशभनले आजको आधुनिक समाजमा बुद्धशिक्षाको आवश्यकता बढ्दै गएको बताए । महासङ्घले तेस्रो पटक लुम्बिनीमा त्रिपिटक पाठ पारायण गरिएको उनले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्ध शिक्षालाई विश्वव्यापी बनाउन सघाएको बताउँछन् । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटन प्रवद्र्धनसँगै बुद्धशिक्षालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न सहयोग पुगेको बताए । त्रिपिटक पाठमा भारत, श्रीलङ्का, थाइल्याण्ड तथा म्यान्माका भिक्षुभिक्षुणी सहभागी थिए । रासस
Comments are closed.