राष्ट्रिय महिला भलिबलको फाइनलमा एपीएफ र बागमती

रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा जारी प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधीका लागि फाइनलमा एपीएफ र बागमतीले प्रतिस्पर्धा गर्ने भएको छ ।

सेमिफाइनल खेलमा जित हात पार्दै फाइनलमा प्रवेश गरेको सशस्त्र प्रहरी बलको एपीएफ क्लव र बागमती प्रदेशले प्रतिस्पर्धा गर्ने भएको हो ।

रामतुलसी माविको खेल मैदानमा भएको प्रतियोगिता अनतर्गत मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । एपीएपले खेलको पहिलो सेट २५–६, दोस्रो सेट २५–७ र तेस्रो सेट २५–३ अंक सहित सहजै जित निकाल्न सफल भएको थियो ।

jutta mela

सेमिफाइनलको दोस्रो खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । बागमतीले पहिलो सेट २५–१५, दोस्रो सेट २५–८ र तेस्रो सेट २५–१८ अंक सहित जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलको पहिलो खेलमा एपीएफको सरस्वती चौधरी र दोस्रो खेलमा बागमतीको सुमित्रा रेग्मीलाई वुमेन अफ दि म्याचको उपाधी प्रदान गरिएको थियो ।

जिल्ला भलिबल संघ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धनमा गत फागुन १८ देखि पाल्पाको रामपुरमा जारी प्रतियोगिताको फाइनल खेल बुधबार दिउँसो २ बजे देखि सुरु हुनेछ । फाइनल खेल अघि दिउँसो १२ बजे तृतीय स्थान छनौटको खेल हुनेछ । खेलमा लुम्बिनी र कोशी प्रदेश वीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सुरुवातमा फाइनल खेल फागुन २४ मा सम्पन्न गर्ने भनिएपनि आठ समुहको मात्र सहभागीता रहेपछि फाइनल खेल २२ गतेको लागि सारिएको थियो ।
आइतबारको खेल वर्षाले प्रभावित बनेपछि बुधबार फाइनल खेल हुने भएको हो ।

You might also like

Comments are closed.