सुनको मूल्य वृद्धिः तोलाको १ लाख २३ हजार ५ सय

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २३ हजार ५ सय तोकिएको छ ।

अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु १ लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ५ सयले बढेर नयाँ उचाइमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख २२ हजार ९ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु १ लाख २२ हजार ४ सय थियो ।

jutta mela

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु १ हजार ४४० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औँस २ हजार १२६ डलर आसपास कारोबार भइरहेको छ । रासस

You might also like

Comments are closed.