रामपुर (पाल्पा) । नेपाल उद्योग तथा व्यवसायी महासंघ पाल्पाको अध्यक्षमा सागरप्रसाद देवकोटालाई सर्वसम्मत रुपमा चयन गरिएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ पाल्पाको प्रथम भेलाले देवकोटाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कृष्णबहादुर थापा, उमा अर्याल, सचिवमा राजेश भट्टराई, उपसचिवमा युवराज श्रेष्ठ, रीता पाण्डे, रोशन बुढामगर र कोषाध्यक्षमा सुरेन्द्र आचार्य, सह–कोषाध्यक्ष राजेन्द्र बज्राचार्य सर्वसम्मत रुपमा चयन भएको छन् ।
प्रमुख अतिथि महासंघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष माधव नेपालले अहिले उद्योग व्यवसाय धरासायी बनेको बताउँदै यस्तो अवस्थाबाट बचाउन एमालेको सरकार बन्नुपर्ने बताए ।
नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले यतिबेलाको आवश्यकता भनेको सामाजिक न्याय सहितको आर्थिक समृद्धि रहेकाले यसका निम्ति उद्योगी व्यवसायी निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए ।
महासंघका प्रदेश कमिटी सचिव केशवराज पन्थी, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज राजु श्रेष्ठ लगायतले बधाई तथा सफल कार्यकालको शुुभकामना दिएका छन् । रामजी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सागरप्रसाद देवकोटाले गरेका थिए ।
महासंघको अध्यक्षमा निर्वाचित देवकोटाले उद्योगी तथा व्यवसायीलाई प्राथमिकतामा राखेर गर्ने प्रतिबद्धता जनाएका छन् । उनी अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, रोटरी क्लव रामपुर, तालपोखरा संरक्षण समितिको पूर्व अध्यक्ष लगायत विभिन्न सामाजिक संघ संस्थामा काम गरेको राम्रो अनुुभव छ ।
सामाजिक क्षेत्रमा सक्रिय देवकोटाले आफ्नो कार्यकालमा संस्थाको हितमा रहेर काम गर्ने बताएका छन् । उनी रामपुर क्षेत्रका सामाजिक संघ संस्थामा इमान्दार, निस्वार्थ रुपमा सामाजिक भावनाका साथ काम गर्ने व्यक्तिका रुपमा समाजमा चिनिन्छन् ।
Comments are closed.