१५० करोडको लगानीमा होण्डाले नेपालमै स्थापना गर्यो असेम्ब्ली प्लान्ट

काठमाडौं । नेपालमा सर्वाधिक विक्रि हुने होण्डाका दुुई पाङ्ग्रे सवारीको असेम्ब्ली अब नेपालमै हुने भएको छ ।

मार्च ६ तारिखका दिन होण्डाको मोटरसाइकलको मुख्य बिजनेस युनिटका भाइस प्रेसिडेण्ट मिनोरो कम्तोले भैरहवामा होण्डाको असेम्ब्ली प्लान्टको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा संघीय सांसद छबिलाल विश्वकर्मा सहित होण्डा कम्पनीका विभिन्न स्वदेश तथा विदेशी प्रतिनिधि, संघ संस्था तथा सरोकारवाला निकाय, व्यक्ति लगायतको सहभागीता रहेको जनाइएको छ ।

jutta mela

१५० करोडको लगानीमा दुुई लाख स्क्वाएर फुटको क्षेत्रफलमा रहेको यस प्लान्टले एक लाखवटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले जनाएको छ ।

विगत ५५ बर्ष भन्दा बढी समयदेखि आफ्ना ग्राहकवर्गको विश्वास जित्दै आएको होण्डा उत्पादनको गुणस्तरमा सधैँ प्रतिबद्ध र ग्राहकको सन्तुष्टमा दृढ रहँदै दुईपाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुने ब्राण्ड हो ।

होण्डाको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.का अनुसार नवस्थापित असेम्ब्ली प्लान्टसंगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रा.लि.मार्फत उत्पादनको विक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्विसिङ्गको सेवा सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

 

You might also like

Comments are closed.